एक वर्षमा कामदार भिसामा नेपाल आए ३ हजार ३९१ जना विदेशी


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
एक वर्षमा कामदार भिसामा नेपाल आए ३ हजार ३९१ जना विदेशी

२६ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा करिब ३४ सय मानिस कामदार भिसा लिएर नेपाल आएका छन् । नेपालबाट भने विभिन्न अवसरको खोजीमा ३ लाख भन्दा बढी नेपाली विदेशीएका छन् ।

अध्यागमन विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को १२ महिनाको अवधिमा उक्त संख्यामा विदेशीहरु कामदार भिसा लिएर नेपाल आएका हुन् । विभागका अनुसार अध्यागमन विभाग (एकल बिन्दु सेवा)बाट एक वर्षमा ६० र अध्यागमन विभागको गैरपर्यटक शाखाबाट ३३३१ गरि कुल ३३९१ जनाले कामदार भिसा लिएको तथ्यांक छ ।

नेपालमा कामदारका रुपमा आउने विदेशीमध्ये तेस्रो मुलुकका नागरिकले मात्र भिसा लगाउनु पर्छ । भारतबाट आउने कामदारले भने भिसा लगाउनु पर्दैन । नेपालमा यो वर्ष गैरपर्यटक भिसा लगाएर १३१०३ जना विदेशी नेपाल भित्रिएका छन् । यसमध्ये कामदार र व्यवसायिक भिसा लिनेको संख्या ठूलो रहेको छ ।

यो वर्ष व्यवसायिक भिसा लिएर नेपाल आउनेको संख्या २६५२ रहेको विभागले जनाएको छ ।

अध्यागमनले एक वर्षमा जारी गरेको भिसा

व्यवसायिक भिसा : २६५२
कामदार भिसा : ३१९१
नाता भिसा : ४४११
वैवाहिक भिसा : १२६५
अध्ययन भिसा : १२५८
गैरआवासीय नेपाली भिसा : ११००
आवासीय भिसा : २१
प्रेस भिसा : १०
भिसा स्टिकर : ४४
पर्यटक भिसा : १६८३६
३०९ जना पुगे पदयात्रामा

नेपालमा आउने पर्यटकमध्ये सबैभन्दा खर्चालु पर्यटक पदयात्री मानिन्छन् । तर, कोरोना महामारीका कारण लगातार दोस्रो वर्ष पदयात्रामा जाने पर्यटकको संख्यामा ठूलो कमी आएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार एक वर्षको अवधिमा कुल ३०९ जना पर्यटकले पदयात्रा अनुमति पत्र लिएका छन् ।

यसमध्ये वैशाख २०७८ मा मात्र १३७ जनाले अनुमति लिएका छन् । यो महिना नेपालमा पर्वतारोहणका लागि समेत बढी संख्यामा पर्यटक आएका थिए ।

२७७ विदेशीलाई देश निकाला

नेपालबाट एक वर्षको अवधिमा नेपालबाट २७७ जना विदेशी भने देश निकालामा परेका छन् । विभागका अनुसार नेपालमा ‘ओभर स्टे -भिसा अवधि सकिएपछि पनि बसिरहेका)’मा रहेका पर्यटक बढी संख्यामा देश निकालामा परेका छन् ।

कुल २३२ जनालाई ओभर स्टेको अभियोगमा नेपालबाट निकालिएको छ । विदेशी विनिमयको अवैध कारोबारको कसुरमा ३ जना देश निकालामा परेका
छन् ।

धर्म प्रचारको अभियोगमा ७, लागु औषधको अभियोगमा ८, आन्दोलनमा सहभागी भएको भन्दै ४, बीना भिसा आएका ४, चोरीमा संलग्न २, मानव बेचविखनको अभियोगमा २, बाल यौन दूराचारको अभियोगमा २, खोटा चलनको अभियोगमा ४ जनालाई समेत देश निकाला गरिएको छ ।

बैंकिङ कसुर, भिसा अनियमित, राहदानी च्यातेको, जालसाची, सुनचोरीजस्ता अभियोगमा समातिएका विदेशीलाई समेत देश निकाला गरिएको छ ।

एक वर्षमा भित्रिए ६८१८१ विदेशी, ४ लाख नेपाली

एक वर्षको अवधिमा नेपालमा विभिन्न मुलुकमा भित्रने कुल विदेशी नागरिकको संख्या भने ६८ हजार १ सय ८१ रहेको छ । यो अवधिमा सबैभन्दा बढी भारतबाट आएको तथ्यांकले देखिएको छ । भारतबाट मात्र ३२ हजार ६९२ जना नेपाल आएका छन् ।

चीनबाट ५५६९ जना नेपाल आएको देखिएको छ । अमेरिकाबाट ८८७०, बेलायतबाट ३०६०, रुसबाट १२७६ र टर्कीबाट ११०९ जना नेपाल आएको तथ्यांक अध्यागमन विभागले जनाएको छ ।

नेपालबाट भने कुल ७० हजार ३ सय ८ जना विदेशी बाहिरिएका छन् । यो संख्या समेत सबैभन्दा बढी भारतीय नागरिकको रहेको छ । एक वर्षको अवधिमा विभिन्न मुलुकमा रहेका ४ लाख १४ हजार ४ सय ५० जना नेपाली घर फर्किएका छन् ।

नेपालबाट वैदेशिक रोजगारी र अन्य विभिन्न प्रयोजनका लागि ३ लाख ४ हजार १९९ जना नेपाली विदेशीएको तथ्यांकले देखाएको छ ।

एक वर्षमा नेपाल भित्रिनको विवरण

विदेशी : ६८१८१
नेपाली : ४१४४५०
कुल : ४८२६३१
एक वर्षमा नेपालबाट बाहिरिनेको विवरण

विदेशी : ७०३०८
नेपाली : ३०४१९९
कुल : ३७४५०७

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap