असार ७, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले नेपाली समाज परिवर्तनका लागि तयार भएको आफूहरुले पाएको बताए ।
सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने बताए ।
आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताए ।