जिल्लामा एक बर्षको अबधिमा २ सय २४ वटा घटनाहरु घटेको तथ्याङ सार्बजनिक भएको छ । जिल्लामा एक बर्षको अबधिमा मात्रै बिभिन्न प्रकार २ सय २४ घटना घटेको सार्बजनिक गरिएको हो ।
जिल्लामा संकलन गरिएका २२४ घटनामा महिला र पुरुष गरी २४४ जना पीडित भएको अनौपचारिक सेवा केन्द्र इन्सेक सुदूरपश्चिमले जनाएको छ ।
मङ्गलवार धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस जिल्लामा महिला र पुरुष गरी २ सय ४४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको हो । यसमा सबै भन्दा बढी घरेलु हिंसाका घटनाहरु बढ्दै गएको पाइएको छ । एक वर्षको अवधिमा सबैभन्दा बढी घरेलु हिंसाका घटना भएका छन् ।
सन् २०२१ को जनवरीदेखि डिसेम्बर महिनासम्म घरेलु हिंसाबाट १२२ जना महिला पीडित भएका हुन् । एक वर्षको अवधिमा २ सय १५ महिला र २९ जना पुरुष गरी २ सय ४४ जना पीडित भएको इन्सेक सुदूरपश्चिम संयोजक खडक राज जोशीले जानकारी दिए ।
उनका अनुसार घरेलु हिंसाबाट १ सय २२ जना, बलात्कारबाट २० जना, बलात्कार प्रयासबाट १० जना, बेचबिखनबाट सात जना र बहुविवाहबाट १७ जना महिला पीडित भएका हुन् ।
यसै गरी बलात्कारबाट २० जना, बेचबिखनबाट ६ जना, यौनदुव्र्यवहारबाट ६ जना र बलात्कार प्रयासबाट तीन जना बालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ । यस्तै कथित बोक्सीको आरोपबाट एक जना महिला पीडित भएकी छिन् ।
आत्महत्या दुरुत्साहनबाट दुई जना महिलाले आत्महत्या गरेका छन् भने एक बालिकाको बलात्कारपश्चात हत्या भएको इन्सेक सुदूरपश्चिमको अभिलेखमा छ । साथै एक वर्षको अवधिमा राज्य पक्षबाट एक जना माथि दुव्र्यवहार, प्रहरीको गोली लागेर दुई जना घाइते र १० जना गिरफ्तार गरेको अभिलेख छ ।
यसै गरी गैर राज्य पक्षबाट चार जनालाई कुटपिट र तीन जनालाई धम्की दिइएको छ । गैर राज्यबाट धारिलो हतियार प्रयोग गरी ८ जना पुरुषको हत्या गरिएको इन्सेकमा अभिलेख छ ।