एक दशकको पर्खाइपछि पूरा भयो गोलकिपर विशालको सपना


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
एक दशकको पर्खाइपछि पूरा भयो गोलकिपर विशालको सपना

 धैर्य गर, पक्कै त्यसको फल पाउनेछौँ । धेर्यको फलको कस्तो हुन्छ त्यो फुटबलर विशाल श्रेष्ठले राम्रोसँग अनुभव गर्न पाए ।

गोलकिपर विशालले राष्ट्रिय टिमबाट खेल्नका लागि एक दशक प्रतीक्षा गरे । आइतबार घरेलु मैदान दशरथ रंगशालमा घरेलु समर्थककमा माझ विशालले राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरे । र नेपालको सिनियर टिमको लागि खेल्ने सपना पूरा गरे ।

बारम्बार घरेलु फुटबलको शीर्ष लिग जितिसकेका अनि लिगको उत्कृष्ट गोलकिपर पनि बनिसकेका विशाल श्रेष्ठ नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाएका थिएनन् । त्यो पनि एक दुई खेल होइन, एक दशकदेखि उनी राष्ट्रिय टिममा छन् तर खेल्न पाएका थिएनन् ।

तर आइतबारको दिन भने विशालकै लागि जस्तो भयो । हुनत नेपालका कप्तान तथा नम्बर वान गोलकिपर किरण चेम्जोङले आइतबार भारतविरुद्ध खेलेपछि नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाए । उनले ७४ क्याप जिते । किरणले पूर्वकप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमान तोडे ।

उनै कीर्तिमानी खेलाडी किरणलाई रिप्लेस गर्दै विशालले घरेलु मैदानमा डेब्यु गरे । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ८६ औं मिनेटमा विशालाई किरणको स्थानमा मैदान पठाए । डेब्यु गरेपछि विशालले अभिव्यक्त गर्ने शब्द नै नभएको बताए । ‘मसँग कुनै शब्द नै छैन । यसैका लागि प्रतीक्षा गरिरहेको थिएँ । सानैदेखिको सपना थियो । त्यो सपना पूरा भएको छ,’ विशालले अनलाइनखबरसँग भने ।

आइतबारै बेलुका नै नेपाली टिमलाई प्रशिक्षकले छुट्टी दिएपछि विशाललगायत खेलाडी घर पुगिसकेका छन् । विशालले घरमा पुगेर परिवारसँग पनि खुशी मनाउन भ्याइसके ।

भारतविरुद्धको खेल अनि घरेलु मैदानमा डेब्यु । धेरै समयसम्म यो सम्झना भइरहन्छन् । ‘अझ खेल जित्न पाएको भए झन् मज्जा हुने थियो । भारतसँग पराजित भयौँ । तै पनि डेब्यु गर्न पाउँदा खुशी छु ।’

विशाल सन् २०११ मा पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोटअन्तर्गत नेपालले २०११ जुन-जुलाईमा घरेलु मैदानमा टिमोर लेस्टेसँग खेलेको थियो । त्यही खेलमा उनी टिममा पहिलो पटक परे । तर खेल्ने अवसर पाएनन् ।

किरण चेम्जोङ नेपालको पहिलो रोजाइको गोलकिपर रहँदा विकेश कुथु र विशाल श्रेष्ठ बाँकी दुई गोलकिपरको रुपमा टिममा रहन्थे । यस्तै किरण चोटका कारण वा विदेशी क्लबमा खेल्न जाँदा विकेश कुथु नेपालको पहिलो रोजाइको गोलकिपरका रुपमा खेल्थे । त्यो बेला पनि विशालले पनि अवसर पाएनन् ।

विशाल पनि चोटका कारण र फर्ममा नहुँदा कुनै बेला राष्ट्रिय टिममा पर्थेनन् । नेपालले गत जुनमा कुवेतमा विश्वकप छनोट खेल्दा पनि विशाल थिएनन् । त्यसअघि घरेलु मैदानमा नेपालले थ्री नेशन्स कपको उपाधि जित्दा पनि उनी टिममा थिएनन् । तर उनले निर्नतर मिहिनेत गरे । धैर्य राखे । हिम्मत हारेनन् । अन्तत: राष्ट्रिय टिको जर्सी लागएरै छाडे । क्लब फुटबलमा जस्तै उनी राष्ट्रिय टिममा पनि २० नम्बरकै जर्सी लगाएर खेले ।

पछिल्लो पटक २०७६ सालमा भएको ए डिभिजन लिगमा विशालले मछिन्द्र क्लबबाट लिग जितेका थिए ।

त्यसअघि उनले मनाङ मर्स्याङ्दी क्लबबाट पनि लिग जितेका थिए । ए डिभिजन लिगमा उनी विशालसँगै आइतबार डिफेण्डर राजन गुरुङले पनि राष्ट्रिय टिममा डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा विशालसँगै ८६औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

दुई खेलाडी मैदान प्रवेश गर्दा नेपाल २-० ले पछि थियो । ८६औं मिनेटमै नेपालले गोल फर्कायो । गोल गर्ने खेलाडी थिए तेज गुरुङले । उनले पेनाल्टी एरियाभन्दा बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए ।

तेजको राष्ट्रिय टिममा यो पहिलो गोल हो । विशाल र राजनले राष्ट्रिय टिममा डेब्यु गर्दा तेजले डेब्यु गोल गरे । यो सबै ८६औं मिनेटमै जुरेको थियो ।

खेलपछि नेपालका प्रशिक्षक अलमुताइरीले पनि सबै खेलाडीको प्रशंसा गरे । उनले दुई खेलाडीको डेब्युसँगै तेजको शानदार गोलको पनि प्रशंसा गरे ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap