एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

१७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदीय दलको कार्यालय पाएको छ । संघीय संसद सचिवालयको एक नम्बर भवनको तेस्रो तलामा दलको कार्यालय राखिएको छ । संसद सचिवालयले नेता नेपालको र राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालको कार्यकक्षको व्यवस्था मिलाइदिएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले यही भदौ नौ गते मान्यता दिएको थियो । एकीकृत समाजवादीको संसदीय दलको कार्यालय टुंगो लागे पनि पार्टीको केन्द्रीय कार्यालय भने अझै टुंगो लागेको छैन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap