एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई एमालेले घरमै थुन्यो


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई एमालेले घरमै थुन्यो

काठमाण्डाै १७ भाद्र । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सिन्धुपाल्चोकमा पार्टी परित्याग गर्ने नेताहरूमाथि धरपकड गर्दै बन्धक बनाएको आरोप लागेको छ। एमाले नेताहरुले नवगठित नेकपा (एकीकृत समाजवादी) तिर लागेका जननिर्वाचित प्रतिनिधिमाथि धरपकड गरेर बन्धक बनाएको आरोप लागेको हो।

एमालेले  गत मंगलबार समाजवादी एकीकृतले मेलम्चीमा गरेको कार्यक्रममा सहभागी हुन आइरहेका जनप्रतिनिधिमाथि धरपकड गरेको उपाध्यक्ष भगवती नेपालले जानकारी दिइन्।

उनकाअनुसार एक जना वडाध्यक्षलाई एमालेका नेता–कार्यकर्ताहरुले बन्धक नै बनाएको पनि बताइन्।

‘अस्ति हामीले एमाले छाडेर एकीकृत समाजवादी छान्न इच्छुक जनप्रतिनिधिहरुको कार्यक्रम गरेका थियौँ,’ उपाध्यक्ष नेपालले नेपालखबरसँग भनिन्, ‘कार्यक्रममा आउँदा गर्दा एक जना वडाध्यक्षलाई एक घरमा थुने छन्।’

उनले एमालेले बन्धक बनाएका वडाध्यक्षको नाम भने खुलाउन मानिनन्। ‘नाम भन्न मिलेन। उहाँ कार्यक्रम आयोजनाको सल्लाह गर्दा सँगै हुनुहुन्थ्यो। कार्यक्रममा देखिनुभएन,’ नेपालले भनिन्, ‘पछि बुझ्दा उहाँलाई एउटा घरमा थुनिएको रहेछ।’

सिन्धुपाल्चोकमा एमालेका नेताहरुले एकीकृत समाजवादी छान्न इच्छुक जनप्रतिनिधिलाई पार्टी परित्याग नगर्न व्यापक दबाब दिइरहेका स्रोतको भनाइ छ। तर, उपाध्यक्ष नेपालले त्यसलाई दबाब नभएर प्रयत्नका रुपमा अर्थ्याइन्।

‘दबाब त नभनौँ तर एमालेले एकीकृत समाजवादीमा नजाउन् भनेर प्रयत्न गरिरहेको छ,’ उनले भनिन्, ‘यहाँ संक्रमणकालीन अवस्थामा शक्ति हुनेले शक्तिहीनमाथि थिचोमिचो गर्ने सामन्ती प्रवृत्ति देखियो।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap