एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा शुरु


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
एकीकरण मार्गमा नेपाली सेनाको पदयात्रा शुरु

२१ पुस, गोरखा। राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले एकीकरण मार्गमा पदयात्रा शुरू गरेको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहले एकीकरणको क्रममा यात्रा गरेको गोरखादेखि काठमाडौंसम्मको पदमार्गमा बुधबारबाट सेनाले पदयात्रा शुरु गरेको हो ।दरवारको हनुमान भन्ज्याङबाट शुरु भएको पदयात्रामा नेपाली सेनाको रिपुमर्दन गणका ४० जना सहभागी छन् ।

नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज)का झण्डाहरु लिएर पृथ्वीनारायण शाहकालिन पोशाकमा बाजागाजासहित टोली यात्रामा निस्किएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले बताए ।

उक्त टोलीले धादीङको शिवदल गणलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । ‘धादीङले नुवाकोटको जवरजंग गणलाई हस्तान्तरण गर्छ,’ उनले भने, ‘पुस २७ गते नुवकोटको टोली झण्डा र टर्चसहित काठमाडौं पुग्छ र कार्यक्रममा सहभागी हुन्छ ।’ पदमार्ग, कोट, गणी र किल्लाहरु संवर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको बिशेष कार्यक्रम अन्तरगत पदयात्रा गरिएको गणपती बिष्टले जानकारी दिए । ‘राज्य एकीकरणको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको मार्गलाइ एकीकरण मार्गको रुपमा बिकास गर्न विगत तीन वर्षबाट पदयात्रा शुरु गरेका हौ, वर्षेनी यसले निरन्तरता पाउछ,’ उनले भने । उक्त मार्गको दुरी २६ कोष रहेको बताइएको छ ।

पदयात्रामा सहभागी टोलीलाई मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति बाबुराम श्रेष्ठ, गोरखा नगरपालिका प्रमुख राजनराज पन्त र प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले संयुक्त रुपमा टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरेका हुन् ।

पदमार्ग, कोट, गणी र किल्लाहरु संवर्द्धन तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको बिशेष कार्यक्रम अन्तरगत बिगत तीन वर्षदेखि पदायात्र हुदै आएको छ । कोभिडका कारण गत वर्ष भने पदयात्रा हुन नसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap