एकसाथ फिल्म खेल्दै उपासना र आना


लेखक : सुन्दराञ्चल      अशोज १३, २०७८ मा प्रकाशित     
एकसाथ फिल्म खेल्दै उपासना र आना

उपसाना सिंह ठकुरी चलचित्रमा उच्च माग भएकी नायिका हुन् । उनले चलचित्र ‘डिसेम्बर फल्स’को बाँकी रहेको ३० प्रतिशत छायांकन सक्नुपर्नेछ । उनी नायक आर्यन सिग्देलसँग नै दोश्रो चलचित्र ‘मिरर’मा पनि काम गर्ने तयारीमा छिन् । तर, यो चलचित्रमा उनले लिखित संझौता भने गरिसकेकी छैनन् ।

उनै, उपासना अब अर्को एक चलचित्रमा काम गर्ने तयारीमा छिन् । विवेक सुवेदीले निर्देशन गर्न लागेको चलचित्र ‘योलो’मा उपासनाले काम गर्ने पक्का भएको छ । वुझिएअनुसार, यो चलचित्रको छायांकन इटालीमा गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

चलचित्रमा नायिका आना शर्माको पनि मुख्य भूमिका रहनेछ । ‘जेरी’ डेब्यू नायिका शर्मा र ‘क्याप्टेन’ डेब्यू नायिका ठकुरीले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन् । आनाले प्रवेश पौडेलको निर्देशनमा बन्ने एक चलचित्र साइन गरिसकेकी छिन् । तर, अनटाइटल चलचित्रको काम अगाडि बढ्न सकेको छैन ।

चलचित्रबाट मित्रताको कथा भन्ने तयारी निर्देशक सुवेदीले गरेका छन् । यो चलचित्रको छायांकन अक्टुबरको मध्यबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । यसका लागि अहिले, कलाकारहरुको भिजाको तयारी चलिरहेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap