एकता पक्षधर नेतालाई माधव नेपालले भेटेनन्, श्रेष्ठको निवासमा पुगे


लेखक : सुन्दराञ्चल      भदौ १, २०७८ मा प्रकाशित     
एकता पक्षधर नेतालाई माधव नेपालले भेटेनन्, श्रेष्ठको निवासमा पुगे

काठमाण्डाै १ भाद्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको पक्षमा आवाज उठाइरहेका एमालेका केन्द्रीय सदस्यहरुसँग भेटघाट गर्न अस्वीकार गरेका छन् ।

मंगलबार विहान बाटै एमालेमा एकताको पक्षमा कुरा उठाइरहेका नेताहरुले नेपालसँग भेटघाटका लागि समय मागेका थिए ।

‘तर, हामीले समय पाएनौँ,’ एक नेताले फरकधारलाई भने, ‘अहिले एमाले विभाजन गर्न हुँदैन भन्नका लागि हामीले समय मागेका थियौँ ।’

एकता पक्षधरका नेताहरुलाई समय नदिएका नेपाल किसान श्रेष्ठको निवासमा चाहिँ पुगेका छन् । किसान श्रेष्ठको निवासमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमाले सांसदहरु छलफलमा जुटेका छन् ।

त्यही छलफलमा पुगेका हुन्, नेपाल पनि ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap