उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


लेखक : सुन्दराञ्चल      पुस २१, २०७८ मा प्रकाशित     
उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

आज उम्मेदवारविरुद्ध उजुरी परे २२ र २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

आगामी माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।आयोगका अनुसार प्रदेश १ बाट ३, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap