उमेर अनुसार गर्नुपर्छ यस्तो स्वास्थ्य परीक्षण


लेखक : सुन्दराञ्चल      भदौ १३, २०७८ मा प्रकाशित     
उमेर अनुसार गर्नुपर्छ यस्तो स्वास्थ्य परीक्षण

हामीकहाँ नियमित स्वास्थ्य परीक्षण गर्ने प्रवृत्ति पाइदैन । अस्पताल वा स्वास्थ्य सेवाको पहुँच सहज नभएका कारण पनि धेरैले रोग पालेर बसेका छन् । कुनै न कुनै शारीरिक समस्याबाट गुज्रिरहेका छन् । गंभिर रोग लागिसकेपछि मात्र अस्पताल धाउने गरिन्छ ।

जन्मदेखि १ बर्षको उमेरसम्म

यदि भर्खरै जन्मिएको बच्चाको शारीरिक तथा मानसिक स्तर सही छ ÷छैन भन्ने कुरा जान्नका लागि थाइराइड टेस्ट गर्नुपर्छ । यदि बच्चा पूर्ण रुपले स्वस्थ्य छ भने, उसको कुनै मेडिकल टेस्ट गर्नु आवश्यक छैन ।

२ देखि ३ उमेरको बीचमा

जब बच्चा २ बर्षको हुन्छ, केहि किसिमको खानेकुरा खान थाल्छन् । खानपानकै कारण पेटमा जुका पर्न सक्छ । वा ब्याक्टेरिया पर्न सक्छ । यदि उक्त उमेर समूहमा बच्चाको पेटमा ब्याक्टेरिया छ-छैन भन्ने जान्नका लागि स्टूल टेस्ट गर्न सकिन्छ ।

४ देखि ५ बर्षको उमेरमा

बच्चाको उचाई, मोटाइ, तौल समुचित ढंगले बढिरहेको छ कि छैन ? यसबारे जान्नुपर्ने हुन्छ । बच्चाको आ“खा, दा“तको स्वस्थ्यबारे पनि जान्नुपर्छ । यदि त्यसो हो भने सामान्य मेडिकल चेकअप गर्न सकिन्छ । यसले बच्चाको मानसिक तथा शारीरिक अवस्था सही छ÷छैन भन्ने जानकारी लिन सकिन्छ ।

१० देखि १४ बर्षको उमेरमा

यस उमेरमा बच्चाको नियमित चेकअप गराउन सकिन्छ । त्यसबाट उनीहरुमा कुनै गडबडी छ-छैन भन्ने जान्न सकिन्छ ।

१५ देखि १९ बर्षको उमेरमा

किशोरवयमा प्रवेश गरिसकेपछि उनीहरुमा शारीरिक तथा मानसिक परिवर्तन देखिन्छ । शरीरका अंगहरु थप विकासित र बृद्धि हुने अवस्था पनि यहिबेला हो । यो उमेरमा उनीहरुलाई मानसिक रुपले पनि सही राख्नुपर्ने हुन्छ । साथै एक्स रे, लिपिड प्रोफाइल टेस्ट, ब्लड शुगर वा थाइराइड टेस्ट गर्नुपर्छ । किशोरीहरुको मासिक श्राव यहिबेला सुरु हुने भएकाले उनीहरुलाई यौन स्वास्थ्यबारे जानकारी दिलाउनुपर्छ ।

२० देखि ३९ को उमेरमा

यो उमेरमा पनि कतिपय शारीरिक समस्या देखापर्न सक्छ । खासगरी महिलाको मासिक श्रावलाई लिएर समस्या हुनसक्छ । उनीहरुमा मासिक श्राव सही समयमा भइरहेको छ-छैन भन्ने जान्का लागि पिसिओडी टेस्ट गराउनुपर्छ । यदि गर्भ रहेमा ब्लड सुगर, थाइराइड, युरिन टेस्ट, थैलिसिमिया, हेमोग्लोबिन र एचआइभी टेस्ट गर्न सकिन्छ ।

४० देखि ५० बर्ष उमेरमा

यो उमेरमा विभिन्न किसिमको समस्या देखापर्न सक्छ । जस्तो कि, उच्च रक्तचाप, मधुमेह, थाइराड, कोलोस्टोर । त्यसैले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । मोटोपन नियन्त्रण गर्ने, खानपान नियन्त्रण गर्नुपर्छ ।

५० बर्षभन्दा बढी उमेरमा

५० बर्ष पार गरेपछि केहि दीर्घ रोगले सताउन सक्छ । मधुमेह, उच्च रक्तचाप, कोलोस्टोर, दम जस्ता समस्याहरु देखापर्न सक्छ । त्यसैले नियमित रुपमा यस्ता रोगहरुको परीक्षण गराउनुपर्छ । ५० बर्षपछि शारीरिक शिथिलता पनि बढ्ने भएकाले प्राणायाम, योगलाई बढी महत्व दिनुपर्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap