उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने विज्ञहरुको जोड


लेखक : सुन्दराञ्चल      अशोज २६, २०७९ मा प्रकाशित     
उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने  विज्ञहरुको जोड

२६ असोज, काठमाडौं ।  दैनिक उपभोग्य बजारमा हुने कुनै पनि किसिमका अनियमितता, ठगी र अखाद्य सामग्रीको प्रयोगबाट बच्न उपभोक्ता आफैं सचेत हुनुपर्ने विज्ञ एवम् सरोकारवालाले जोड दिएका छन् ।

उपभोक्ता जागरण अभियानको प्रथम साधारण सभाका वक्ताहरुले विशेषगरी चाडपर्वको मौका पारेर व्यापारी उपभोक्तालाई महँगो मूल्यमा वस्तु तथा सेवा बिक्री गर्न तल्लिन हुने भन्दै गुणस्तरीय खाद्य वस्तु र सामग्रीको उपभोग र कालोबाजरी नियन्त्रण गर्न उपभोक्ता जागरुक र जिम्मेवार बन्नुपर्ने बताए ।

दशैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्वमा मात्रै होइन अन्य समयमा पनि दैनिक उपभोग्य बजारको चरम मारमा उपभोक्ता पर्ने गरेको भन्दै अनुगमनकारी नियकाय र उपभोक्ताकर्मीले उपभोक्ताका हितका लागि एकताबद्ध अभियान सञ्चालन गरिनुपर्ने उनीहरुको सुझाव छ ।

कार्यक्रममा पूर्व सचिव कृष्णहरि बास्कोटाले बजारमा विकृति र विसङ्गति बढेकाले उपभोक्ता अधिकारवादी र नियमन तथा अनुगमनकारी निकाय सक्रिय ढङ्गले लाग्नुपर्ने बताए । भने, ‘बजारमा दण्डहीनताको अवस्था बढेको छ । यसको मारमा उपभोक्ता छन् त्यसैले संविधानले सुनिश्चित गरेको उपभोक्ता अधिकार सुनिश्चित गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्छ यसमा आम उपभोक्ता पनि सचेत र जागरुक हुन जरुरी छ ।’

पूर्व सचिव डा. हरि दाहालले उपभोक्ता अधिकारको सुनिश्चितताका लागि उपभोक्ता अधिकारकर्मी र नियमनकारी नियकाले सचेतना अभिवृद्धि गर्दै अनुगमन कार्यलाई वर्षेभरी सञ्चालन गर्नुपर्ने बताए ।

वाणिज्य विभागका निर्देशक भेषबहादुर कुँवरले उपभोक्ताको अधिकारका लागि विभागले स्रोत साधन र जनशक्तिले भ्याएसम्म बजार अनुगमन र गुणस्तर अभिवृद्धिमा लागि परेको बताउँदै यो अभियानमा उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ताले सहयोग गर्नुपर्छ भने ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको हक हित संरक्षण र जागरणका निम्ति सरोकारवाला निकाय एवम् संस्थाहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । कृषि बाली व्यवसाय प्रवर्द्धन संस्था नेपालका अध्यक्ष मोहनबहादुर थापा, सामाजिक अभियान्ता रमेशकुमार पौडेललगायतले उपभोक्तालाई जागरण गर्ने र बिक्रेतालाई सचेत गर्ने कार्यमा उपभोक्ताकर्मीहरु लाग्नुपर्नेमा जोड दिए ।

मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारीले उपभोक्ता आफैं सचेत नभएसम्म बजार स्वस्थ नहुने भन्दै उपभोक्तामा जागरण फैलाउन अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताए ।

साधारण सभाले महासचिव चिन्तामणि पराजुली र कोषाध्यक्ष केशवप्रसाद चौलागाईको प्रतिवेदन पारित गरेको थियो । यस्तै साधरण सभाबाट कृष्णप्रसाद भण्डारीको नेतृत्वमा मञ्चको नयाँ कार्यसमिति समेत चयन भएको छ ।

मञ्चको उपाध्यक्षहरुमा सुशीला कुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे, रोहितकुमार दाहाल र महासचिवमा चिन्तामणी पराजुली, सचिवमा केशवप्रसाद शर्मा र शान्ता घिमिरे, सह–सचिवमा बद्री विशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाईँ तथा सदस्यमा लक्ष्मण थापा र रामबाबु दाहाल छन् । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap