उपत्यकाको सुरक्षा प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन


लेखक : सुन्दराञ्चल      अशोज १२, २०७८ मा प्रकाशित     
उपत्यकाको सुरक्षा प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

१२ असोज, काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले  विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई नागरिकलाई अनुभूति देखिनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्‍यो । नागरिकले महंगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन,’ मन्त्री खाणले भने, ‘अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्‍यो र चाडपर्वमा परिवर्तन देखिनुपर्‍यो ।’

मन्त्री खाणले परिवर्तनको परिणम देखिनेगरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन समेत निर्देशन दिए। ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन्। योजना मात्रै राम्रा भएर भएन । ती योजना व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो,’ मन्त्री खाणले भने,‘जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षहरूमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्‍यो । प्रहरी र निजामति कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिन पर्‍यो।’

यस्तै गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वका बेलामा हुने बजार मूल्यमा बढोत्तरी, म्याद गुज्रेका खाद्य सामाग्री र कालो बजारीलाई रोक्न विषेश ध्यान दिन निर्देशन दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap