उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन


लेखक : सुन्दराञ्चल      कार्तिक २३, २०७९ मा प्रकाशित     
उद्धार, राहत र बासको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

२३ कात्तिक,। गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न र घर भत्किएकाहरुको बासको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि मन्त्री खाँणले जानकारी लिएका छन् । उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि भनेका छन् ।

गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap