उदयपुरमा ८२ पदका लागि ३८० उम्मेदवार,


लेखक : सुन्दराञ्चल      बैशाख १३, २०७९ मा प्रकाशित     
उदयपुरमा ८२ पदका लागि  ३८०  उम्मेदवार,

१३ वैशाख, उदयपुर । उदयपुर जिल्लाको सबैभन्दा ठूलो नगरपालिका त्रियुगामा ८२ पदका लागि ३८० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस दिपक खनालका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नगर प्रमुखको एक पदका लागि १३ जना, उपप्रमुख १ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी १६ वडाको १६ जना वडाध्यक्षका लागि ९१ जनाको उम्मेदवारी परेको छ ।

१६ जना महिला सदस्यका लागि ६६ जना, १६ दलित महिला सदस्यका लागि ६४ जना र ३२ सदस्यका लागि १३५ जनाको उम्मेदवारी परेको छ ।

६० हजार ४६ जना मतदाता रहेको त्रियुगा उदयपुरकै सबैभन्दा ठूलो नगरपालिका हो । जनसंख्या, भुगोल तथा जिल्ला सदरमुकाम रहेको हिसावले पनि यहाँ जनप्रतिनिधि बन्ने आकांक्षी बढी भएका हुन् ।

माओवादी र एकीकृत समाजवादीको गठबन्धन

सत्तारुढ गठबन्धनले तालमेलको गर्ने भने पनि यहाँ गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले अलग उम्मेदवार उठाएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट नगरप्रमुख उम्मेदवार बलदेव चौधरी (एकीकृत समाजवादी) छन् ।

गठबन्धन तोडेर नेपाली कांग्रेसले वसन्त बस्नतेलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट भागवत राउत मैदानमा छन् ।

उपमेयरमा माओवादीबाट गीता खड्का कार्की, एमालेबाट महेश्वरी राई र नेपाली कांग्रेसबाट सरिता राईले उम्मेदवारी दर्ता गरेका छन् ।

त्रियुगामा मेयरका अन्य उम्मेदवारहरूमा राप्रपाका हरिबहादुर राउत, जनता समाजवादी पार्टीका मन्जु राई, सचेत नेपाली पार्टीका योगराज कार्की, मौलिक जरोकिलो पार्टीका गुरुदेव कार्की, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दयाराम चौधरी, जनता प्रगतिशील पार्टी नेपालका सेपइमराईन र राप्रपा नेपालका रामकुमार कटुवाल छन् ।

त्यसैगरी स्वतन्त्रबाट नगरप्रमुख उम्मेदवार दर्ता गराउनेहरूमा चित्रकुमार कार्की, नारायणकुमार खड्का, अम्बिका कुमारी रेग्मी रहेका छन् ।

उपमेयरका अन्य उम्मेदवारहरूमा जसपाका विनोदकुमार चौधरी, राप्रपाका रामवती चौधरी, राप्रपा नेपालका गंगादेवी विश्वकर्मा, लोकतान्त्रिक समाजवादी नेपालका वसन्तीदेवी झा र सचेत नेपाली पार्टीका मन्दिरा बुढाथोकी रहेका छन् भने स्वतन्त्र उपप्रमुख उम्मेदवारहरुमा रामकिसन सदा, सावित्रा थापा र राजन ढकाल छन् ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap