ईन्जिनियर उपाध्यायले दृष्टि फाउण्डेसन नेपालमा खाद्यान्न तथा फलफुल हस्तान्तरण गर्दै मनाए जन्मदिन


लेखक : सुन्दराञ्चल      जेष्ठ २९, २०८१ मा प्रकाशित     
ईन्जिनियर उपाध्यायले दृष्टि फाउण्डेसन नेपालमा खाद्यान्न तथा फलफुल हस्तान्तरण गर्दै मनाए जन्मदिन

महादेव गिरी

धनगढी जेठ २९ ,धनगढी उप.महानरपालिकामा ७ निवासी मनकारी तथा युवा समाजसेवी ईन्जिनियर चन्द्र प्रसाद उपाध्याय आफ्नो २६औँ जन्मदिन धनगढीमा रहेको दृष्टि फाउण्डेसन नेपालमा मनाएका छन् । धनगढी उप.महानरपालिकास्थित दृष्टि फाउण्डेसन नेपालमा आज मंगबार दृष्टि फाउण्डेसन नेपालमा खाद्यान्न तथा फलफुल हस्तान्तरण गर्दै आफ्नो २६ औँ जन्मदिन मनाएका हुन् ।

विगतका वर्षहरुमा पनि वृद्ध आश्रम, बाल आश्रममा जन्मदिन मनाउँदै आएको बताउने उपाध्यायले यो वर्ष दृष्टि फाउण्डेसन नेपालमा जन्मदिन मनाएको बताए ।

दृष्टि फाउण्डेसन नेपालमा ले सडकमा जीवन विताउँदै आईरहेका मानिसहरुलाई सेवा पु¥याउँदै आईरहेको छ । उक्त दृष्टि फाउण्डेसन नेपालमा ले अर्धचेत अवस्थाका बालबालिकाहरुलाई खाद्यान्न तथा फलफुल हस्तान्तरणको उपाध्यायले बताए ।

आगामी दिनमा दृष्टि फाउण्डेसन नेपालमा ले प्रदेश ७ लाई सडक मानव मुक्त क्षेत्र घोषणा गर्ने प्रतिवद्धता लिएर अगाडि बढीरहेका बेला आफ्नो उक्त दृष्टि फाउण्डेसन नेपालमा आश्रित बालबालिकाहरुलाई लाई खुशी बनाउने उद्देश्यले जन्मदिन दृष्टि फाउण्डेसन नेपालमा मनाएको चन्द्र प्रसाद उपाध्यायको भनाई छ । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेष्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । त्यहि खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले दृष्टि फाउण्डेसन नेपालमा जन्मदिन मनाएको ईन्जिनियर चन्द्र प्रसाद उपाध्यायले बताए ।

 

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap