इन्जिन फेल भएपछि बीचबाटै जहाजलाई काठमाडौं फर्काएर अवतरण,


लेखक : सुन्दराञ्चल      बैशाख २८, २०७९ मा प्रकाशित     
इन्जिन फेल भएपछि बीचबाटै जहाजलाई काठमाडौं फर्काएर अवतरण,

धनगढी,२८ वैशाख  काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ।इन्जिन फेल भएपछि बीचबाटै जहाजलाई काठमाडौं फर्काएर अवतरण गराइएको हो।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले केही समयअघि जहाज सकुशल अवतरण भएको नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘यहाँ (काठमाडौं)बाट जहाज धनगढीको लागि उडेको थियो। एउटा इन्जिन फेल भएपछि जहाज केही समयअघि अवतरण भएको छ।’

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा ७५ यात्रु, ३ पाइलट, ३ बालबालिकासहित ८१ जना रहेको बताए।जहाजको अहिले सेफ्टी परीक्षण भइरहेको उनले जानकारी दिए।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap