इतिहासकै क्रूर घटना, जब हजारौँ मानिसको बीचमा हात्तीलाई फाँसीमा चढाइयो


लेखक : सुन्दराञ्चल      साउन २६, २०७८ मा प्रकाशित     
इतिहासकै क्रूर घटना, जब हजारौँ मानिसको बीचमा हात्तीलाई फाँसीमा चढाइयो

मृत्युदण्डको कानून रहेका देशहरुमा कुनै जघन्य अपराध गनेहरुलाई फाँसीको सजाय दिने गरेको देखिएकै हो । तर के तपाईंले कुनै हात्तीलाई फाँसीमा लट्काएको देख्नु र सुन्नु भएको छ ?

आजको समयमा भएको भए हात्तीलाई फाँसी दिने कुरा जनावरमाथिको क्रूरता भन्दै विरोध हुनसक्दथ्यो । तर आजभन्दा १०४ वर्ष पहिले अमेरिकामा एउटा हात्तीलाई सजाय स्वरुप फाँसी दिइएको थियो । अनि हात्तीलाई दिइएको उक्त मृत्युदण्डको धेरै मानिसहरुले समर्थन गरेका थिए ।

सन् १९१६ को सेप्टेम्बर १३ मा उक्त घटना भएको हो । अमेरिकाको टेनेसी राज्यमा दुई हजारभन्दा धेरैको संख्यामा उपस्थित मानिसहरुको बीचमा मेरी नामक पोथी हात्तीलाई फाँसी दिइएको थियो ।

हात्तीलाई मृत्युदण्ड दिनुको कारण पनि अनौठो थियो, जुन थाहा पाउँदा तपाईंलाई अचम्म लाग्नसक्दछ ।

वास्तवमा चार्ली स्पाक नामका एक व्यक्तिले टेनेसीमा स्पार्क्स वर्ल्ड फेमस शो नामको एक सर्कस चलाउँथे । उक्त सर्कसमा विभिन्न जनावरहरु थिए र त्यसमध्ये मेरी नामको एक एसियाली हात्ती पनि थियो ।

करीब पाँच टन वजन भएको उक्त हात्ती सर्कसको मुख्य आकर्षण नै थियो । एकदिन उक्त सर्कसमा मेरीको माउतेले जागिर छाड्यो । पूरानो माउतेले जागिर छाडेपछि उसको ठाउँमा नयाँ माउते राखियो ।

नयाँ माउतेलाई मेरी हात्तीको बारेमा खासै जानकारी थिएन, न त हात्तीलाई माउतेको बारेमै थाहा थियो । त्यसैले हात्ती नियन्त्रण गर्नका लागि माउतेलाई निकै सकस पर्‍यो ।

यसैबीचमा एक दिन सर्कसको प्रमोशनका लागि शहरमा परेडको आयोजना गरियो । जसमा मेरी हात्तीसमेतका धेरै जनावर र सर्कसका सबै कलाकार पनि उक्त परेडमा सहभागी भए । त्यही क्रममा बाटोमा हात्तीले केही खानेकुरा देख्यो र त्यही खानेकुरा खानका लागि दौडिएर अगाडि बढ्न थाल्यो ।

माउतेले हात्तीलाई रोक्न निकै कोसिस गर्‍यो तर हात्ती रोकिएन । त्यसपछि माउतेले हात्तीको कानका पछाडि भाला रोप्यो । भाला रोपिएपछि हात्ती तिलमिलायो र रिसाउँदै माउतेलाई आफ्नो पिठ्यूँबाट तल झारेर कुल्चिएर मारिदियो । त्यो भयानक दृश्य देखेपछि मानिसहरु डराएर भाग्न थाले । त्यहाँका केही मानिसहरु हात्तीलाई मार्नुपर्ने भन्दै नाराबाजी गर्न थाले ।

उक्त दिन त जसोतसो अवस्था सम्हालियो, तर अर्को दिनको पत्रिकामा उक्त घटना बारेको समाचार प्रमुखताका साथ छापियो जसका कारण शहरमा सनसनी फैलियो ।

शहरवासीहरुले सर्कसका मालिक चार्ली स्पार्कसँग मेरी हात्तीलाई मृत्युदण्ड दिन माग गरे । यदि हात्तीलाई नमारेमा शहरमा फेरि कहिल्यै पनि सर्कस हुन नदिने धम्की दिन थाले । कतिपयले त आफैले हात्तीलाई मारिदिने चेतावनी पनि दिए । कसैले चाहिँ रेलले कुल्चाएर तथा करेन्ट लगाएर हात्तीलाई मारिदिने भन्न थाले ।

शहरवासीहरुको मागका अगाडि चार्ली स्पार्कको जोर चलेन र उनी घुँडा टेक्न बाध्य भए । अन्ततः उनले हात्तीलाई मृत्युदण्ड दिने निर्णय गरे ।

त्यसपछि १०० टन भार उठाउने एक क्रेन खोजियो र १३ सेप्टेम्बर १९१६ मा सोही क्रेनको सहयोगले हजारौँ मानिसहरुको उपस्थितिमा शहरको बीचमा उक्त हात्तीलाई फाँसीमा झुण्डाइयो । यो घटना जनावरहरु प्रतिको मानवीय क्रूरताको सबैभन्दा दर्दनाक घटनाको रुपमा इतिहासमा दर्ज भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap