इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने
२३ पुस, काठमाडौं । इण्डियन आइडल विजेता पवनदीप राजन नेपाल आउने भएका छन् । माघ १ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि उनी नेपाल आउने भएका हुन् ।कोरोना महामारीले थलिएको ठमेललाई सांगीतिक माहोलबाट तताउन पवनदीपलाई ल्याएर कार्यक्रम गर्न लागेको एलओडी क्लबले जनाएको छ ।
कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएको भएपनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर कार्यक्रम गर्ने क्लबले बताएको छ ।
यसअघि पनि एलओडीमा भारतीय कलाकारका साथै अन्य विदेशी कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।पवनदीप इण्डियन आइडल सिजन-१२ का विजेता हुन्
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap