इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति  भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १-० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

लण्डन क्लबहरु चेल्सी, आर्सनल र टोटनहम हट्सपर भने जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

आर्सनललले एएफसी विम्बलडनलाई ३-० ले हरायो । आर्सनलका लागि अलेक्जान्डर लाकाजेट, एमिल स्मिथ रोव र एडवार्ड एनकेतिहले गोल गरे ।

चेल्सीले एस्टन भिल्लालाई पेनाल्टीसुटआउटमा ४-३ ले हरायो । १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टीसुटआउट भएको थियो । जसमा चेल्सीका रोमेलु लुकाकु, मासोन माउन्ट, रोस बार्कले र रिस जमेसले गोल गरे । बेन चिलवाल गोल गर्न असफल रहे ।

एस्टन भल्लाका एस्ले योङ र मार्भेलस नाकाम्पाले गोल गर्न सकेनन् भने अनवर एल घाजी, एमिलियानो बेउडिया र एजरी कोन्साले गोल गरे ।

यस्तै टोटनहमले पनि पेनाल्टीसुटआउटमा ३-२ ले हरायो । खेल २-२ को बराबरीमा सकिएपछि पेनाल्टीसुटआउट भएको थियो । जसमा टोटनहमका ह्यारी केन, सर्जियो रेगुलिन र ब्राउन गिलले गोल गरे ।

वल्भसका हि चान ह्वाङ र जाओ माउटिन्होले मात्र गोल गरे । रुबेन नेभेस, लियोनडर डेनडनकर र कोनोर कोएडीले गोल गर्न सकेनन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap