इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो


लेखक : सुन्दराञ्चल      अशोज ७, २०७८ मा प्रकाशित     
इएफए कप म्यानचेष्टर युनाइटेड तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति  भएको खेलमा युनाइटेड वेष्टह्यामसँग १-० ले पराजित भएको हो । जितपछि वेष्टह्याम भने अन्तिम १६ मा प्रवेश गरेको छ । वेष्टह्यामको लागि मानुएल लान्जिनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

लण्डन क्लबहरु चेल्सी, आर्सनल र टोटनहम हट्सपर भने जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।

आर्सनललले एएफसी विम्बलडनलाई ३-० ले हरायो । आर्सनलका लागि अलेक्जान्डर लाकाजेट, एमिल स्मिथ रोव र एडवार्ड एनकेतिहले गोल गरे ।

चेल्सीले एस्टन भिल्लालाई पेनाल्टीसुटआउटमा ४-३ ले हरायो । १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टीसुटआउट भएको थियो । जसमा चेल्सीका रोमेलु लुकाकु, मासोन माउन्ट, रोस बार्कले र रिस जमेसले गोल गरे । बेन चिलवाल गोल गर्न असफल रहे ।

एस्टन भल्लाका एस्ले योङ र मार्भेलस नाकाम्पाले गोल गर्न सकेनन् भने अनवर एल घाजी, एमिलियानो बेउडिया र एजरी कोन्साले गोल गरे ।

यस्तै टोटनहमले पनि पेनाल्टीसुटआउटमा ३-२ ले हरायो । खेल २-२ को बराबरीमा सकिएपछि पेनाल्टीसुटआउट भएको थियो । जसमा टोटनहमका ह्यारी केन, सर्जियो रेगुलिन र ब्राउन गिलले गोल गरे ।

वल्भसका हि चान ह्वाङ र जाओ माउटिन्होले मात्र गोल गरे । रुबेन नेभेस, लियोनडर डेनडनकर र कोनोर कोएडीले गोल गर्न सकेनन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap