आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु ,


लेखक : सुन्दराञ्चल      असार २९, २०८० मा प्रकाशित     
आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु ,

२९ असार , बैतडीको  पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटपिटबाट गम्भीर घाइते भएका दुई बालकहरूमध्ये एकको मृत्यु  गएको छ ।  कुटपिटबाट गम्भीर घाइते भएका मध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्स्पेक्टर लोकराज जोशीले बताए ।

अर्का घाइते रिजन साउदलाई पनि डडेलधुरामा उपचार हुन नसकेपछि हिजो रातीनै धनगढी रेफर गरिएको छ ।  उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बाजेको कुटपिटबाट स्थानीय दीपक साउदका २ वर्षीय छोरा रेसम साउद र ८ वर्षीय छोरा रिजन साउद गम्भीर घाइते भएका थिए ।

हेरचाह गर्न ५० वर्षीय गणेश साउदसँग छोडेर आमा र बजै घाँस काट्न गएको बेलामा साउदले नातिहरूलाई निर्घात कुटपिट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

कुटपिट गर्ने बाजे गणेश साउदलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap