आफ्ना नागरिकलाई उद्धार गर्न तालिबानीसँग बेलायतको वार्ता


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
आफ्ना नागरिकलाई उद्धार गर्न तालिबानीसँग बेलायतको वार्ता

१६ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् । धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै छन् । बेलायतले आफ्ना नागरिक र गठबन्धन सेनालाई सहयोग गर्ने अफगान नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने विषयमा अहिले वार्ता गरिरहेको छ । बेलायती अधिकारी र तालिबानका सदस्यबीच यो वार्ता कतारको राजधानी सहर दोहामा चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । बेलायतको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रधानमन्त्रीका विशेष प्रतिनिधिले तालिबानसँग वार्ता गरिरहेको बताएका हुन् । यसअघि गत मंगलबार बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतले अहिलेसम्म करिब १७ हजारभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएका थिए ।

जसमा पाँच हजारभन्दा धेरै बेलायती नागरिक थिए । यद्यपि बेलायतले सबैलाई भने उद्धार गर्न नसकिएको बताउँदै आएको छ । यस्तोमा अमेरिकी सेना पनि मंगलबारबाट फिर्ता गएसँगै बेलायतले तालिबानसँगको सहकार्यमा उनीहरुको उद्धार गर्ने तयारी अघि बढाएको हो ।

एजेन्सीहरुको सहयोगमा

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap