आफ्ना नागरिकलाई उद्धार गर्न तालिबानीसँग बेलायतको वार्ता


लेखक : सुन्दराञ्चल      भदौ १६, २०७८ मा प्रकाशित     
आफ्ना नागरिकलाई उद्धार गर्न तालिबानीसँग बेलायतको वार्ता

१६ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना सबै सैनिक आफगानिस्तानबाट फिर्ता गरे पनि अहिले पनि अफगानिस्तानमा धेरै मुलुकका नागरिक छन् । धेरै बेलायती नागरिक पनि अहिले अफगानिस्तानमा छन् भने विदेशी सेनालाई सहयोग गर्ने धेरै मानिस पनि अफगानिस्तानमा नै छन् । बेलायतले आफ्ना नागरिक र गठबन्धन सेनालाई सहयोग गर्ने अफगान नागरिकलाई अफगानिस्तानबाट उद्धार गर्ने विषयमा अहिले वार्ता गरिरहेको छ । बेलायती अधिकारी र तालिबानका सदस्यबीच यो वार्ता कतारको राजधानी सहर दोहामा चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । बेलायतको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रधानमन्त्रीका विशेष प्रतिनिधिले तालिबानसँग वार्ता गरिरहेको बताएका हुन् । यसअघि गत मंगलबार बेलायती विदेशमन्त्री डोमिनिक राबले बेलायतले अहिलेसम्म करिब १७ हजारभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएका थिए ।

जसमा पाँच हजारभन्दा धेरै बेलायती नागरिक थिए । यद्यपि बेलायतले सबैलाई भने उद्धार गर्न नसकिएको बताउँदै आएको छ । यस्तोमा अमेरिकी सेना पनि मंगलबारबाट फिर्ता गएसँगै बेलायतले तालिबानसँगको सहकार्यमा उनीहरुको उद्धार गर्ने तयारी अघि बढाएको हो ।

एजेन्सीहरुको सहयोगमा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap