आन्तरिक पर्यटकलाई लोभ्याउँदै बाजुराको टोपी उडाउने डाँडा


लेखक : सुन्दराञ्चल      भदौ ४, २०८१ मा प्रकाशित     
आन्तरिक पर्यटकलाई लोभ्याउँदै बाजुराको टोपी उडाउने डाँडा

बाजुरा भाद्र ४,: बाजुराको बुढीगङगा नगरपापालिकाको–१० को बदेडा र बाहुन गाउँको बिचमा पर्ने राम हेर्ने डाँडाले आन्तरिक पर्यटक लोभ्याउँदै गएको छ ।
पर्यटकीयस्थल राम हेर्ने डाँडामा बुढीगङ्गा नगरपापालिकाको–१० को वडापालिकाले करिब ११ वटा झण्डा राखेर हावामा फरफराउन थालेसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटक लोभिन थालेका हुन् । आफैंमा निकै रमणीय रुपमा रहेको यो डाँडामा अहिले नेपाली झण्डा हावामा फरफराउन थालेपछि यतिबेला आन्तरिक पर्यटकको समेत घुईंचो लाग्न थालेको बुढीगङ्गा नगरपालिका–८ का स्थानीय समाजसेवी कृष्णबहादुर थापाले बताए ।
उनले भने, पहिला बाह्रविसदेखि सोलाला र सोलालादेखि बाह्रविस आउजाउ गर्ने जो कोही स्थानीय वा बटुवा यो डाँडामा आराम गर्थे । त्यसैमा वडापालिकाले यहाँ नेपाली झण्डा राखेर हावामा फरफराउन थालेपछि पछिल्लो समय आन्तरिक पर्यटकको पनि घुइचो लाग्ने गरेको हो ।’
यो डाँडा उसरी हेर्ने हो आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने डाँडा हो । यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने हो भने यहाँका स्थानीयको आर्यआर्जनमा समेत थप टेवा पुग्ने सम्भाना रहेको थापाले बताए ।
बुढीगङ्गा नगरपापालिकाको–१० बदेडा बाहुन गाउँको बिच र सिगाडाको माथी पर्ने राम हेर्ने डाँडाबाट बाजुरा र छिमेकी जिल्ला अछामका बाब्ला साँफेबगर कुष्कोट ठाँटी नन्देगडा लगायतका विभिन्न गाउँ बस्ती समेत राम्रोसँग देखिन्छ । पहिलेका पुस्ताले यो डाँडामा जन्माअष्टमी हाल्ने र त्यसैमा रमाइलो गर्ने गरेकोले यसको नाम राम हेर्ने डाँडा राखिएको हो । कतीपयले यो डाँडालाई टोपी उडाउने डाँडा पनि भन्ने गर्दछन् । यो डाँडामा यहाँ आएकाहरुले टाउँको राखेको टोटी तल फालेर हावाले माथी उडाएर ल्याउने गरेकोले यस डाँडालाई टोपी उडाउँने डाँडा पनि भन्ने गरेको जेष्ठ नागरिकको भनाइ छ ।
यो डाँडा पर्यटकीय स्थलको रुपमा रहेकोले यसको थप विकास गर्ने हो भने यस नजिकमा रहेका बाहुन गाउँ, बदेडा, सिगाडा, सेलापाखा, तिमाडा र नुवाकोट लगायतका स्थानीयको आयआर्जनमा थप टेवा पुग्ने निकै सम्भावना छ ।
विगतका जनप्रतिनिधिहरुले यसलाई खासै चासोको रुपमा नलिएपनि यती बेलाका जनप्रतिनिधिहरुले भने यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने जनाएका छन् । यो डाँडामा शान्निकोट माईको मन्दिर समेत रहेको छ । यो मन्दिरमा पुजा गर्नाले आफुले सोचेका हरेक इच्छा आकाँक्षा पुरा हुने किवदन्ती छ ।
यही डाँडाबाट अछाम बाजुरा लगायतका विभिन्न्न ठाउँ देख्न पाइन्छ । आन्तरिक पर्यटकको रोजाईमा रहेको यो डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी गत वर्ष वडापालिकाले सुरुवातको रुपमा यहाँ एघार वटा नेपाली झण्डा राखेको बुढीगङ्गा नगरपालिका वडा नं –१० की महिला सदस्य जगु सार्कीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap