आज साउन महिनाको अन्तिम सोमबार


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
आज साउन महिनाको अन्तिम सोमबार

धनगढी ३२ साउन । आज साउन महिनाको पाँचौँ अर्थात अन्तिम सोमबार । आज पनि हिन्दू धर्माबलम्बी महिलाहरुले भगवान् शिवको पूजा आराधना गरी मनाइ रहेका छन् ।

आज बिहानै देखि महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने चलन भए पनि यस वर्ष कोरोनाका कारण घर–घरमै पूजा आजा गरिँदै छ ।

यद्धपी यहाँको गोदावरी धाम र धनगढीको शिवपुरी धाममा पुजाआजा गर्नका लागि महिलाहरु पुगिरहेका छन् । साउनको सोमबार शिवको पूजा आजा गर्दा मनोकाक्षा पूरा हुने विश्वास गरिन्छ ।

विशेष गरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन ।

साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap