आज विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन २, २०८१ मा प्रकाशित     
आज विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

धनगढी फागुन २, आज विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै छ। प्रत्येक वर्ष १४ फेब्रुअरीमा यो दिवस मनाउने गरिन्छ। यस दिनलाई प्रेम र स्नेहको महत्वलाई चिनाउने गरी मनाइन्छ। विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन्। विशेषगरी युवा पुस्ताले प्रणय दिवसलाई एकहप्ता अघिदेखि नै रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रमिस डे, हग डे र किस डेको रुपमा मनाउने गरेका छन्।
त्यस अन्तर्गत प्रणय दिवस अन्तिम तथा मुख्य दिन हो, आज। प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ। यो दिवस अहिले विश्वभर चर्चित रहेको छ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap