आज महिलाहरुको महान चाड तीजको दर खाने दिन


लेखक : सुन्दराञ्चल      भदौ २३, २०७८ मा प्रकाशित     
आज महिलाहरुको महान चाड तीजको दर खाने दिन

धनगढी २३ भाद्र । महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन रहेको छ । तीज पर्वको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु महिलाहरूले दर खाने चलन रहेको छ ।

दर खाने दिनमा विभिन्न मिठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने परम्परा समेत रहिआएको छ ।

दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ। दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ ।

कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व बर्त बसी मनाउने चलन रहिआएको ञछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap