धनगढी चैत्र १५, आज चैत्र–अष्टमी अर्थात चैते दशैं आज देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । चैते दशैं पर्वको अवसरमा आज देशभरका बिभिन्न स्थानमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै चार बजे देखि पूजा आजा तथा दर्शन गर्न दर्शनार्थीको भिडभाड हुने गरेको छ । चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिएको छ । भने देशभरका विभिन्न देवीमन्दिर तथा शक्तिपीठहरुमा पूजा आराधाना गरिएको छ ।