आज कुशे औँसी पर्व र बुवाको मुख हेर्ने दिन मनाइदै


लेखक : सुन्दराञ्चल      भदौ २२, २०७८ मा प्रकाशित     
आज कुशे औँसी पर्व र बुवाको मुख हेर्ने दिन मनाइदै

धनगढी २२ भाद्र । आज कुशे औँसी पर्व । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा शास्त्रोक्त विधि अनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको बताइन्छ ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । यस्तै आजको दिनलाई बाबुको मुख हेर्ने दिनका रुपमा समेत मानाइन्छ ।

छोराछोरीहरू परम्परा अनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यता अनुरूप बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आज दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap