आज एक हजार २६८ मा सङ्क्रमण


लेखक : सुन्दराञ्चल      भदौ २१, २०७८ मा प्रकाशित     
आज एक हजार २६८ मा सङ्क्रमण

काठमाडौँ२१ भाद्र । को’रोना भा’इरसको स’ङ्क्र’मण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा स’ङ्क्र’मण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा स’ङ्क्र’मण देखिएको हो । सक्रिय स’ङ्क्रमित ३१ हजार ८२६ रहेका छन् ।

दुई हजार १९५ निको

स’ङ्क्र’मणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४।५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४।१ प्रतिशत, बिहीबार ९४।२ र शुक्रबार ९४।३ प्रतिशत निको हुने पुगेका छन् ।

नौ जनाको नि’धन स’ङ्क्र’मणबाट नि’धन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । स’ङ्क्र’मणबाट आज नौ जनाको ज्या’न गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको स’ङ्क्र’मणका कारणले नि’धन भएको थियो । अहिलेसम्म १० हजार ८१८ जनाको स’ङ्क्र’मणबाट ज्या’न गएको छ । नेपालमा प्रति १० लाखमा ३६४।६ जनाको स’ङ्क्र’मणको कारणले नि’धन हुने गरेको छ ।

यस्तै ५५४ जना सघन उपचारकक्ष (आइसीयू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा स’ङ्क्र’मणको दर १९.५ प्रतिशत छ । पाँच सयभन्दा बढी स’ङ्क्रमित हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले आज को’भिड–१९ विरुद्धको खोप लगाएका छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap