आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु


लेखक : सुन्दराञ्चल      माघ ३, २०७८ मा प्रकाशित     
आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु

काठमाडौं माघ  ३,   आजबाट श्रीस्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदी र भक्तपुरको हनुमानघाटमा विशेष चहलपहल हुन्छ ।हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधव नारायणको पूजा गर्नेहरुको चहलपहल छ ।

माधव नारायण भगवान विष्णुको अर्को नाम हो । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ । माघ महिनामा माधव नाम हुने भएकाले स्वस्थानीसँगै माधव नारायणको व्रत, पूजा र उपासना गरिन्छ । यसमा खासगरी पुरुषहरु पनि व्रत बस्ने र पूजा गर्ने गर्दछन् ।भक्तपुरको हनुमानघाट र साँखुको शालीनदीस्थित माधव नारायणको मन्दिरमा कठोर पूजामा विशेषतः केटा मानिसहरु व्रत बस्ने र पल्टिमार्दै धार्मिक यात्रा पूरा गर्नुपर्ने क्रियाकलाप हुने गर्दछ ।

स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट भक्तपुरको चाँगुनारायण मन्दिरसम्म आउँछन् । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा शुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुनारायणबाट साँखु र्फकने परदेश यात्राको नियम छ ।

काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित साँखुको शालिनदीमा पनि माघस्नान सहित माधवनारायणको मेला लागेको छ । माघ महीनामा शाली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ भक्तजनहरु पुग्ने गर्दछन् ।

यस वर्ष कोरोनाको महामारीका कारण शाली नदीमा माधवनारायण मेला नगरी व्रत मात्र गर्ने गरी तयारी गरिएको छ । व्रतालुका लागि साँखुस्थित शालिनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष मिजेन्दकाजी श्रेष्ठ यस वर्ष माघ ३ गतेदेखि फागुन ४ गतेसम्म मेला लाग्ने बताउँछन् ।

विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष करीब १५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ ।

कोरोना महामारीकै कारण गत वर्ष भने ४९ जना मात्र व्रत बसेका थिए । विसं २०७६ मा जस्तो मेला भने यसपटक पनि नलाग्ने समितिले जनाएको छ ।

व्रतालु आज बेलुकीदेखि नै साँखुमा बास बस्न आउँछन् । बेलुकी माधवनारायणका पुजारीबाट जल ग्रहण गरेपछि व्रतविधि शुरु हुन्छ । कोरोनाका कारण यस वर्ष वर्तालुलाई एउटै घरमा राख्ने व्यवस्था गरिएको पनि समितिले जनाएको छ ।अनलाइन खबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap