आजबाट, पहिलाे दिन चार खेल हुने प्रधानमन्त्री कप


लेखक : सुन्दराञ्चल      पुस २६, २०७८ मा प्रकाशित     
आजबाट, पहिलाे दिन चार खेल हुने प्रधानमन्त्री कप

काठमाडाैं पुस २६  पुसप्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिता सोमबार (आज)बाट काठमाडाैंमा सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत पहिलाे दिन चार खेल हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशकाे सामना गर्नेछ ।त्रिवि क्रिकेट मैदानमै दोस्रो खेल नेपाल एपिएफ क्लब र प्रदेश-२ बीच हुनेछ । मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ ।
लपानीमै हुने दोस्राे खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशकाे सामना गर्नेछ ।प्रतियोगितामा सहभागी १० टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश-१ छन्
।समूह ‘बी’ मा  नेपाल एपिएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।प्रत्येक समूहका शीर्ष दुई सेमिफाइनलमा प्रवेश गर्नेछन् ।प्रतियोगिताको दुवै सेमिफाइनल माघ ४ र फाइनल माघ ५ गते हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पहिलाेपटक प्रधानमन्त्री कप टी-२० शैलीमा आयोजना गर्न लागेकाे हाे ।यसअघिका ४ संस्करण एकदिवसीय शैलीमा भएकाे थियाे ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap