आजबाट, पहिलाे दिन चार खेल हुने प्रधानमन्त्री कप


लेखक : सुन्दराञ्चल      पुस २६, २०७८ मा प्रकाशित     
आजबाट, पहिलाे दिन चार खेल हुने प्रधानमन्त्री कप

काठमाडाैं पुस २६  पुसप्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिता सोमबार (आज)बाट काठमाडाैंमा सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत पहिलाे दिन चार खेल हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशकाे सामना गर्नेछ ।त्रिवि क्रिकेट मैदानमै दोस्रो खेल नेपाल एपिएफ क्लब र प्रदेश-२ बीच हुनेछ । मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ ।
लपानीमै हुने दोस्राे खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशकाे सामना गर्नेछ ।प्रतियोगितामा सहभागी १० टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश-१ छन्
।समूह ‘बी’ मा  नेपाल एपिएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।प्रत्येक समूहका शीर्ष दुई सेमिफाइनलमा प्रवेश गर्नेछन् ।प्रतियोगिताको दुवै सेमिफाइनल माघ ४ र फाइनल माघ ५ गते हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पहिलाेपटक प्रधानमन्त्री कप टी-२० शैलीमा आयोजना गर्न लागेकाे हाे ।यसअघिका ४ संस्करण एकदिवसीय शैलीमा भएकाे थियाे ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap