आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ
२३ पुस, काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध जित हात पारे संकटाले दोस्रो स्थानमा रहेको मानाङसँग अंक बराबरी गर्नेछ । सातदोबाटो भने ७ खेलबाट ८ अंकसहित आठौं स्थानमा छ ।यस सिजन संकटाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदार दुई क्लब मछिन्द्र र मनाङलाई पछ्याइरहेको छ । अर्कोतर्फ ए डिभिजनमा नवप्रवेशी सातदोबाटोले सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेपनि पछिल्ला खेलहरुमा लय कायम राख्न सकेको छैन

।दुई टोली शुक्रबार १ बजे मैदान उत्रँदा दुवै टिमसँग एक/एक विदेशी खेलाडी हुने छैनन् । जारी लिगमा ह्याट्रिक गर्ने एक्लो खेलाडी सातदोबाटोमा फरवार्ड दुई पहेँलो कार्डका कारण संकटा विरुद्ध खेल गुमाउनेछन् । उता संकटाका डिफेण्डर एर्नेस्ट थम्पी चोटका कारण मैदान बाहिर छन् ।संकटाका प्रशिक्षक विष्णु गुरुङले थम्पीको स्थानमा खेल्न सक्ने अरु खेलाडी भएपनि उनी जस्तो नहुने बताएका छन् । बिहीबार भएको प्रि म्याच कन्फ्रेन्समा उपस्थित संकटाका सहायक प्रशिक्षक राजकुमार केसीले भने थम्पी नहुँदा टिमलाई घाटा हुने भन्दै सातदोबाटोको पनि मार्टिन नहुँदा दुवैको अवस्था उस्तै रहेको बताए । थम्पीको चोट ठूलो भएकोले उनले लिग नै गुमाउने केसीले बताएका छन् ।

उता सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले पनि संकटा राम्रो टिम रहेको भन्दै त्यही अनुसार तयारी गरेको र राम्रो प्रदर्शन गर्ने बताए ।यस्तै पौने ५ बजे हुने खेलमा जावलाखेल र एपीएफ दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् । अंकतालिकामा अघिपछि रहेका यी दुई क्लबलाई माथि उक्लने अवसर पनि छ । जावलाखेल ७ अंकसहित नवौं स्थानमा रहँदा ६ अंक रहेको एपीएफ दशौँ स्थानमा छ ।

जावलाखेलका प्रशिक्षक किशोर केसीले आठौं चरणको लागि टिमले शतप्रतिशत तयारी गरेको र राम्रो खेल्ने बताए । ‘आठौं चरणमा खेलाडीले नआतिकन धर्यताका साथ खेल्छ भन्ने विश्वास छ,’ केसीले भने, ‘एपीएफले सुधारिएको खेल पस्किदै आएको छ । विदेशी खेलाडी समेत राखेको छ । ट्याक्टीकल्ली र टेक्निकल हिसाबले हामी माथि हो की जस्तो लाग्छ । त्यो प्रमाणित गर्ने खेल भोलिको खेलले बताउने छ ।’

उनले स्कोर धेरै हुन नसकेको स्वीकार गर्दै गोलकै लागि अभ्यास गरिरहेको बताए ।यस्तै एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले पनि विपक्षी राम्रो रहेको र त्यही अनुसार तयारी गरेको बताए । उनले यसअघिका खेलहरुमा गोल गरेपनि गोल पनि खाइरहेकोले त्यसमा सुधार गर्नुपर्ने बताए । ‘हाम्रो स्कोरिङ भएपनि गोल खाइराई । डिफेण्समा ध्यान दिइरहेका छौँ,’ महर्जनले भने, ‘जावलाखेल टिम राम्रो टिम हो । दुर्भाग्य उनीहरुको स्कोर निस्किएको छैन । समग्रमा भन्दा राम्रो टिम छ । उनीहरुको बलियो र कमजोर पक्षलाई केलाएर तयारी गरेका छौँ ।’महर्जनले रेलिगेसन क्षेत्रमात्र छाडेको तर रेलिगेसन पूरै छाडिनसकेको बताउँदै ३ अंककै लागि खेल्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap