आगामी पुस ९ गतेदेखि धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने


लेखक : सुन्दराञ्चल      मंसिर १४, २०८१ मा प्रकाशित     
आगामी पुस ९ गतेदेखि धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने

धनगढी- मङि्सर १४,आगामी पुस ९ गतेदेखि कैलालीको धनगढीमा नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा शैक्षिक महोत्सव हुने भएको हो ।

संघले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको छ । सुदूरपश्चिमको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्द्धनका साथै शिक्षासँग सम्बन्धित विकासका सम्भावनाहरु उजागर गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका कैलाली जिल्ला अध्यक्ष भीम पडालले जानकारी दिए ।

उनले भने ‘महोत्सवले यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने तथा देश र सुदूरपश्चिमको शैक्षिक उन्नत विकासका लागि टेवा पुग्ने आशा लिएका छौँ ।’

महोत्सव सपन्न गर्न करिब दुई करोड बढी खर्च हुने प्रक्षेषण गरिएको उनले बताए । महोत्सवको करिब ४० प्रतिशत तयारी भएको र महोत्सव पुस १५ गतेसम्म धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने जनाइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap