आगलागीका घटनाहरु पछिल्लो २४ घण्टामा देशका ३० स्थानमा,


लेखक : सुन्दराञ्चल      बैशाख ६, २०७९ मा प्रकाशित     
आगलागीका घटनाहरु पछिल्लो २४ घण्टामा देशका ३० स्थानमा,

काठमाडौं वैशाख ६  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् । सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् ।

मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।

आगलागीका घटनामा परी बितेको २४ घण्टामा ७ जना घाइते भएका छन् । वैशाख १ गतेयता देशभर ९८ वटा आगलागीका घटना रेकर्ड भएका छन् । ती घटनामा परी १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आगलागीका घटनाले यसवर्ष ६ करोड २६ लाख ६६ हजार ६०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष अर्थात २०७८ सालमा देशभर २ हजार ४६६ वटा आगलागीका घटना रेकर्ड भएका थिए । ती घटनामा परी ९५ जनाले ज्यान गुमाएका थिए भने ३८१ जना घाइते भएका थिए । आगलागीका कारण गत वर्ष राज्यले २ अर्ब २७ करोड ३४ लाख ३१ हजार ३२४ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरेको थियो ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap