आइतबार सुन र चाँदीको मूल्य घट्यो


लेखक : सुन्दराञ्चल      अशोज ९, २०७९ मा प्रकाशित     
आइतबार सुन र चाँदीको मूल्य घट्यो

९ असोज,काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य ९१ हजार ८ सय, तेजावी सुनको मूल्य ९१ हजार ३ सय र चाँदीको मूल्य ११ सय ७० रुपैयाँ प्रतितोला कायम भएको छ

शुक्रबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल, ९२ हजार ३ सय रुपैयाँ तेजावी र १२ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । डलरको मूल्य मजबुत बन्दै जाँदा सुनमा हुने लगानी खुम्चिंदा सुनको मूल्यमा गिरावट आएको सुनचाँदी व्यवसायी महासंघको भनाइ छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap