असार ७ देखि दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने


लेखक : सुन्दराञ्चल      जेष्ठ २२, २०८१ मा प्रकाशित     
असार ७ देखि दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने

धनगढी जेठ २२, धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि ९ गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो ।

बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा राष्ट्रिय बाल चलचित्र महोत्सवका संयोजक केएल बुढाथोकीले बताए । मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।त्

धनगढीका पत्रकारसँग कुराकानी गर्दै उनले भने,‘महोत्सवले बालबालिकालाई सिनेमामार्फत उनीहरुको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरुको मनोरञ्जनको अधिकार प्रवद्र्धनमा टेवा पुग्ने छ ।’ महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिने बताइएको छ । यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपर स्टार भुवन केसी आउने कार्यक्रममा बालबालिकासँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिने कार्यक्रम संयोजक बुढाथोकीले बताए ।

महोत्सवमा बालबालिका तथा बयस्कहरुले निर्माण गरेको बाल चलचित्रहरूको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति पनि गरिने भएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap