असल अभिभावक , शिक्षक बिद्यार्थी प्रशिक्षण कार्यक्रम धनगढीको एरिष्टो बिद्यालयमा सम्पन्न,


लेखक : सुन्दराञ्चल      जेष्ठ १०, २०८१ मा प्रकाशित     
असल अभिभावक , शिक्षक बिद्यार्थी प्रशिक्षण कार्यक्रम धनगढीको एरिष्टो बिद्यालयमा सम्पन्न,

महादेव गिरी संवाददाता

धनगढी जेठ १०, धनगढीमा रहेको एरिष्टो माध्यमिक बिद्यालयले असल अभिभावक तथा शिक्षक बिध्यार्थी अभिमुखीकरण कार्यक्रम गरेको छ । असल अभिभावक तथा शिक्षक बिद्यार्थीहरुका लागी प्रशिक्षण कार्यक्रम गरिएको हो । बालबालिकाको सुनौलो भबिष्यको लागी अपरिहार्य अभिभावक तथा बिद्यार्थीको सहकार्य भन्ने नाराका साथ नेपालकै प्रख्यात मोटिभेस्नल स्पिकर टेनर डा. ताराप्रसाद गिरीद्धाराले प्रस्तुती दिईएका थिए ।
बिद्यार्थीहरुको पहिलो बिद्यालय घर भएकाले अभिभावकहरुले बालबालिका पर्ती गर्ने व्यवहार र जिम्मेवारीको बोध कसरी गर्नेभन्ने बार्य डा. गिरीले प्रशिक्षण दिएका थिए । बर्षभरीमा एक दिन मात्रै पनि यस्ता उत्प्रेरणादायी कार्यक्रमले बिद्यार्थीहरुको मनोसाय र जिवनमा सकारात्मक प्रभाव पार्ने उद्येश्यले यो प्रशिक्षण कार्यक्रम गरिएको एरिष्टो ईन्गिलिस हाई स्कुलका शिक्षक तेजराज कापडीले बताए ।
आधुनिक युगमा अभिभावकहरुका लागी उत्प्रेरणादायी कार्यक्रम जरुरी रहेको स्कुलका कार्यकारी निर्देशक शान्ती अधिकारीले बताईन् । हाल आम अभिभावकहरु मोबाईलमै व्यस्थ रहने भएका कारण बालबालिकाले पनि सोही क्रियाकलाप सिक्ने हुंदा पढाई बिग्रिने सम्भावना अधिक रहेको पाईन्छ ।No description available.

कामले समेत आफ्ना नानीहरुलाई समय नदिने भएको हुंदा १ दिनको अभिमुखीकरणको कार्यक्रमले उनीहरुलाई बुझ्न र जिम्मेवारीको बोध हुन अहम् भुमिका खेल्ने शान्ती अधिकारीले बताईन्।स्कुलको पढाईको भरमा आफ्ना नानीहरुलाई छोड्ने अभिभावकहरुको बानी प्राय बढी छ । हरेक स्कुलहरुमा उत्प्रेरणादायी कार्यक्रम गर्न र हरेक पटक बिद्यालयमा बिद्यार्थीको बारेमा अभिभावकले बुझ्न नितान्त जरुरी छ । कार्यक्रममा शिक्षक,शिक्षिका,पत्रकार,बौदिक व्यक्ती,बिध्याथी अभिभावक ,लगाएतको उपस्तिथि रहेको थियो ।

No description available.No description available.No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap