काठमाडौं असोज १२, । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ ।
काठमाडौंका नदी किनारका बस्तीमा पानी पसेपछि प्रहरीले उद्धार सुरु गरेको छ । तीनवटा बोटसहित सात सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।