पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी,मेस्सीलाई


लेखक : सुन्दराञ्चल      भदौ १५, २०८० मा प्रकाशित     
पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी,मेस्सीलाई

काठमाडौं १५ भदौ,  । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् ।

अर्जेन्टिनी खेलाडी लियोनल मेसी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै हालान्ड वर्षको उत्कृष्ट खेलाडी बने । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेबल जितेका थिए ।

हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाहको एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।

महिलातर्फ बोनमाटी उत्कृष्ट खेलाडी

यस्तै महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छिन् । उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग जितेकी थिइन् ।

उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।

म्यानचेस्टर सिटीका स्पेनिस प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षकमा इंग्ल्यान्डकी सरिना विगमनले बाजी मारिन् ।

उनकै प्रशिक्षणमा इङ्ल्यान्ड महिला विश्वकपको फाइनल पुगेको थियो । इङ्ल्यान्ड विश्वकप फाइनलमा स्पेनसँग पराजित हुन पुगेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap