अर्जुन कुमाललाई गुल्मी उद्योग वाणिज्य संघको सम्मान


लेखक : सुन्दराञ्चल      चैत्र १२, २०७९ मा प्रकाशित     
अर्जुन कुमाललाई गुल्मी उद्योग वाणिज्य संघको सम्मान

१२ चैत,  गुल्मी उद्योग वाणिज्य संघले १९ वर्षमुनिको नेपाली क्रिकेट टिमका सदस्य अर्जुन कुमाललाई सम्मान गरेको छ ।

तम्घासमा भएको गुल्मी उद्योग वाणिज्य संघको ३१ औं साधारण सभामा क्रिकेटर कुमाल सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सम्मान गरे ।

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कुबेतबिरुद्ध शतक बनाएका थिए ।

गुल्मीमा जन्मेर खेल क्षेत्रबाट जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले अर्जुनलाईसम्मान गरिएको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । उनको खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस् भनेर सम्मान गरिएको पौलेलको भनाइ छ

उनलाई केही दिनअघि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले पनि नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap