अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश


लेखक : सुन्दराञ्चल      माघ १०, २०७८ मा प्रकाशित     
अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश

 माघ १० अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश दिएको छ । रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताकाबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको उक्त आदेश दिएको हो ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका कर्मचारीलाई पनि युक्रेन छाड्न अनुमति दिएको छ । एक वक्तव्यमा उसले युक्रेनमाथि रुसले हमला गर्ने विवरणहरू आएको जनाएको छ । रुसले भने आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले चाहिँ युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ । युक्रेनको सीमा नजिकै एक लाख रुसी सेना तैनाथ गरिएसँगै युरोपमा नयाँ द्वन्द्व सुरु हुनसक्ने जोखिम रहेको नेटोका प्रमुखले चेतावनी दिएका छन् । -बिबिसी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap