अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जना पक्राउ
कामाण्डाै १८ भाद्र । एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले  ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो ।
उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।
एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ ।  उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि  नेपाल आउने छन् ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap