अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भन्छिन् -इन्डोप्यासेफिक रणनीति कुनै मुलुकविरुद्ध लक्षित छैन्


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भन्छिन् -इन्डोप्यासेफिक रणनीति कुनै मुलुकविरुद्ध लक्षित छैन्

८ भदौ, काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले चीनतर्फ संकेत गदै इन्डोप्यासेफिक रणनीतिक कुनै एक मुलुकविरुद्ध लक्षित नरहेको बताएकी छन् । चीनले सो रणनीति आफूविरुद्ध रहेको बताइरहेको बेला उनको सो अभिव्यक्ति आएको छ ।

एसिया प्रशान्त क्षेत्रको पहिलो भ्रमणका क्रममा सोमबार सिंगापुर पुगेकी ह्यारिसले इन्डोप्यासेफिक रणनीति कुनै एक मुलुक छनौट गर्नका लागि लक्षित नभएको उल्लेख गरिन् ।

विशेषत यस क्षेत्रका मुलुकले अमेरिका वा चीनमध्ये एक रोज्नुपर्ने बाध्यता आइपरेको भनी बहस भइरहेको समयमा अमेरिकी उच्च नेतृत्वबाट यस्तो अभिव्यक्ति आएको हो ।
सिंगापुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इन्डोप्यासेफिक क्षेत्र आफूहरुको लागि निकै महत्वपूर्ण क्षेत्र भएको समेत बताइन् ।

‘हाम्रो मुलुकको सुरक्षा र समृद्धिको लागि निकै महत्वपूर्ण छ । हाम्रा महत्वपूर्ण साझेदार र मित्रहरु यस क्षेत्रमा छन्’ ह्यारिसले भनिन्,’यस क्षेत्रको स्थायित्व र शान्तिको लागि हामीले स्पष्ट भिजन अगाडी सारेका छौ ।’

उनले यो क्षेत्रमा मानव अधिकारको रक्षाको लागि काम गरिरहेको समेत उल्लेख गरेकी छन् । एसिया क्षेत्रमा अमेरिकाको भिजनलाई अझ जोडतोडका साथ उठाउन आफू सिंगापुरको भ्रमणमा आएको समेत उनले बताइन् । अमेरिकाले खुला र स्वतन्त्र इन्डोप्यासेफिकको पक्षमा आफूहरु उभिएको र यसले अमेरिका र क्षेत्र क्षेत्रमा मुलुकहरुको चासो सम्बोधन गर्ने बताइन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap