अमेरिका शीतयुद्ध चाहँदैन : जो बाइडन


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
अमेरिका शीतयुद्ध चाहँदैन : जो बाइडन

अमेरिकाका राष्ट्रपति जो बाइडनले मुलुकहरूलाई विभाजित गर्ने नयाँ शीतयुद्ध नचाहेको बताएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ७६औं सत्रलाई सम्बोधन गर्दै बाइडनले शान्तिपूर्वक अघि बढ्न चाहने मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको बताए ।

अमेरिका २० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणको जस्तो स्थितिमा नरहेको किनकि आफूहरू पहिलेभन्दा थप राम्रो र बलियो बनेको बाइडनले बताए ।  अमेरिकाविरुद्ध आतंकको सहारा लिने व्यक्ति आफूहरूको दुश्मन हुने उनले चेतावनीको शैलीमा बताए । आतंकवादविरुद्ध सहयोगी मुलुकहरूसँग प्रत्येक कदममा साथ दिने उनको भनाइ छ ।

लगातार युद्ध नभई लगातार कूटनीतिमा आफूहरूले विश्वास गरेको पनि बाइडनले बताए । अफगानिस्तानमा २० वर्षको युद्ध अन्त्य गरेर कूटनीतिको ढोका खोलेको उनी बताउँछन् । सुरक्षा, समृद्धि र स्वतन्त्रता एकअर्कासँग जोडिएको र पहिलेजस्तै अहिले पनि संसारका सबै चुनौतीको सामना मिलेर गर्ने उनको भनाइ छ ।

बाइडनले हतियारको होडबाजीका विषयमा संसारलाई सचेत गराए । उनको इशारा उत्तर कोरिया र इरानतर्फ थियो ।  हतियारले कोरोना जस्ता महामारी र भविष्यमा देखिने भेरिएन्टहरूबाट सुरक्षा नदिने उनले बताए । विज्ञान र राजनीतिको सामूहिक इच्छाशक्तिबाट मात्र यो सम्भव रहेको उनको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap