अमेरिका शीतयुद्ध चाहँदैन : जो बाइडन


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
अमेरिका शीतयुद्ध चाहँदैन : जो बाइडन

अमेरिकाका राष्ट्रपति जो बाइडनले मुलुकहरूलाई विभाजित गर्ने नयाँ शीतयुद्ध नचाहेको बताएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ७६औं सत्रलाई सम्बोधन गर्दै बाइडनले शान्तिपूर्वक अघि बढ्न चाहने मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको बताए ।

अमेरिका २० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणको जस्तो स्थितिमा नरहेको किनकि आफूहरू पहिलेभन्दा थप राम्रो र बलियो बनेको बाइडनले बताए ।  अमेरिकाविरुद्ध आतंकको सहारा लिने व्यक्ति आफूहरूको दुश्मन हुने उनले चेतावनीको शैलीमा बताए । आतंकवादविरुद्ध सहयोगी मुलुकहरूसँग प्रत्येक कदममा साथ दिने उनको भनाइ छ ।

लगातार युद्ध नभई लगातार कूटनीतिमा आफूहरूले विश्वास गरेको पनि बाइडनले बताए । अफगानिस्तानमा २० वर्षको युद्ध अन्त्य गरेर कूटनीतिको ढोका खोलेको उनी बताउँछन् । सुरक्षा, समृद्धि र स्वतन्त्रता एकअर्कासँग जोडिएको र पहिलेजस्तै अहिले पनि संसारका सबै चुनौतीको सामना मिलेर गर्ने उनको भनाइ छ ।

बाइडनले हतियारको होडबाजीका विषयमा संसारलाई सचेत गराए । उनको इशारा उत्तर कोरिया र इरानतर्फ थियो ।  हतियारले कोरोना जस्ता महामारी र भविष्यमा देखिने भेरिएन्टहरूबाट सुरक्षा नदिने उनले बताए । विज्ञान र राजनीतिको सामूहिक इच्छाशक्तिबाट मात्र यो सम्भव रहेको उनको भनाइ छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap