अमेरिकासँगको तनावबीच उत्तर कोरियाले गर्‍यो क्रुज मिसाइल परीक्षण


लेखक : सुन्दराञ्चल      भदौ २८, २०७८ मा प्रकाशित     
अमेरिकासँगको तनावबीच उत्तर कोरियाले गर्‍यो क्रुज मिसाइल परीक्षण

अमेरिकासँगको तनावबीच उत्तर कोरियाले क्रुज मिसाइल परीक्षण गरेको छ । यसलाई शक्तिशाली देशलाई उत्तर कोरियाले आफ्नो शक्तिको महसुस गराएको अर्थमा लिइएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले क्रुज मिसाइल परीक्षणको जानकारी दिएको हो । कोरियन सेन्ट्रल न्युज एजेन्सीले सोमबार क्रुज मिसाइल विकसित गर्ने काम पछिल्ला दुई वर्षमा भइरहेको र परीक्षणका क्रममा यसले १ हजार ५ सय किलोमिटरको लक्ष्यमा सफलतापूर्वक मार हानेको उल्लेख गरेको छ ।

मिसाइल परीक्षणपछि उत्तर कोरिया र अमेरिकाबीच तनाव बढेको छ । अमेरिकाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षण अन्य छिमेकी देशलका लागि खतरा बन्न सक्ने बताएको छ ।

अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले एक बयान जारी गर्दै उत्तर कोरियाको यो कार्य सैन्य कार्यक्रमलाई विकसित गर्ने र छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायका लागि खतरा जारी राख्नेमा केन्द्रित रहेको जनाएको छ ।

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न भन्दै अमेरिका र संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । तर त्यसलाई बेवास्ता गर्दै उसले आफ्नो आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई आधुनिकीकरण गरेको छ ।

त्यसअघि उत्तर कोरियासँग धेरै कम नयाँ मिसाइल, मध्यम दुरी र अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल थिए । सन् २०१८ मा अमेरिका र उत्तर कोरियाबीचको वार्तामा आफ्नो परमाणु कार्यक्रम रोक्ने र त्यसका लागि प्रतिबन्ध फुकुवा गर्न उत्तर कोरियाले राखेको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको थियो ।

बाइडेन प्रशासनले राखेको वार्ताको प्रस्ताव भने उत्तर कोरियाले अस्वीकार गरेको छ । उसले अमेरिकाले शत्रुतापूर्ण नीति छाडेमा वार्ताका लागि तयार रहेको उसको भनाई छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap