काठमाडौं माघ २ अमेरिकाको टेक्सासमा एक व्यक्तिले शनिबार एक यहूदी मन्दिरमा हमला गरेर ४ जनालाई बन्धक बनाएकोमा चारजनाकै रिहाई भइसकेको छ । टेक्सस प्रहरी, स्वाट स्क्वाड र एफबीआई टीमले मिलेर चारैजना बन्धकलाई सुरक्षित बाहिर निकाल्न सफल भएका हुन् ।
आतंकवादीले टेक्सासको जेलमा बन्दी पाकिस्तानी न्यूरो वैज्ञानिक आफिया सिद्दीकीलाई छोड्ने माग राखेको थियो । आफियालाई अल कायदासँग सम्बन्ध राखेको आरोपमा अमेरिकाको जेलमा सजाय सुनाइएको थियो ।टेक्सासका गभर्नर ग्रेग एबोटले बन्धकको रिहाईबारे जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि घटनाको बारेमा जानकारी लिइसकेका छन् ।को हुन् आफिया सिद्दिकी रु
पाकिस्तानका नागरिक डा। आफिया सिद्दिकीमाथि अलकायदासँग जोडिएको आरोप लगाइएको छ । उनले मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजीबाट न्यूरोसाइन्समा विद्यावारिधि गरेकी छिन् । सिद्दिकिको नाम सन् २००३ मा खालिद मोहम्मदले उनको बारेमा एफबीआईलाई सुराग दिएपछि उनको नाम चर्चामा आएको थियो । यस सूचनाका आधारमा अफियालाई अफगानिस्तानमा गिरफ्तार गरिएको थियो । उनी टेक्सासस्थित जेलमा ८६ वर्षको जेल सजाय काटिरहेकी छिन् । उनले बगरामको जेलमा एक एफबीआई अधिकारीलाई मार्ने कोसिस गरेको बताइन्छ । यसपछि उनलाई अमेरिका निर्वासनमा पठाइएको थियो ।
आफिया एक सोशल अभियन्ता पनि हुन् । उनी परोपकारी संस्थानसँग पनि जोडिएको र उनले केन्यामा रहेको अमेरिकी दूतावासमा आक्रमण गरेको आरोप समेत उनीमाथि छ । वल्र्ड ट्रेड सेन्टरमा हमलापछि एफबीआईले २००२ को मे महिनामा आफिया र उसका पति अमजद खानसँग लामो सोधपुछसमेत गरेको थियो ।भाइमाथि पनि लागेको थियो आरोप
केही रिपोर्टका अनुसार यो हमला आफिया सिद्दिकीका भाइ मोहम्मद सिद्दिकीले गरेका थिए । यद्यपि हमलापछि मोहम्मद सिद्दिकीले यो आरोपको खण्डन गरेका थिए । तर यसरी नाम जोडिदा आपूm खुसी नभएको समेत उनले बतएका छन् ।
यहुदी मन्दिरलाई लिएर इजरायल सतर्क
अमेरिकामा इजरायली अधिकारी लिभिया लिंकले पनि यो घटनाको बारेमा बयान दिएका छन् । लिभियाले भनेका छन्,‘ मेरो मन र मेरो प्रार्थना आज यहूदी समुदायको साथमा छ । हामी लगातार घटनाको अपडेट लिइरहेका छौ । इजरायलका विदेश मन्त्री यायर लापिडलाई पनि अवस्थाको बारेमा जानकारी छ ।’एजेन्सी