अमेरिकाको यहूदी धर्मस्थलमा बन्धक बनाइएका चारजना रिहा


लेखक : सुन्दराञ्चल      माघ २, २०७८ मा प्रकाशित     
अमेरिकाको यहूदी धर्मस्थलमा बन्धक बनाइएका चारजना रिहा

काठमाडौं माघ २ अमेरिकाको टेक्सासमा एक व्यक्तिले शनिबार एक यहूदी मन्दिरमा हमला गरेर ४ जनालाई बन्धक बनाएकोमा चारजनाकै रिहाई भइसकेको छ । टेक्सस प्रहरी, स्वाट स्क्वाड र एफबीआई टीमले मिलेर चारैजना बन्धकलाई सुरक्षित बाहिर निकाल्न सफल भएका हुन् ।

आतंकवादीले टेक्सासको जेलमा बन्दी पाकिस्तानी न्यूरो वैज्ञानिक आफिया सिद्दीकीलाई छोड्ने माग राखेको थियो । आफियालाई अल कायदासँग सम्बन्ध राखेको आरोपमा अमेरिकाको जेलमा सजाय सुनाइएको थियो ।टेक्सासका गभर्नर ग्रेग एबोटले बन्धकको रिहाईबारे जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि घटनाको बारेमा जानकारी लिइसकेका छन् ।को हुन् आफिया सिद्दिकी रु

पाकिस्तानका नागरिक डा। आफिया सिद्दिकीमाथि अलकायदासँग जोडिएको आरोप लगाइएको छ । उनले मासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजीबाट न्यूरोसाइन्समा विद्यावारिधि गरेकी छिन् । सिद्दिकिको नाम सन् २००३ मा खालिद मोहम्मदले उनको बारेमा एफबीआईलाई सुराग दिएपछि उनको नाम चर्चामा आएको थियो । यस सूचनाका आधारमा अफियालाई अफगानिस्तानमा गिरफ्तार गरिएको थियो । उनी टेक्सासस्थित जेलमा ८६ वर्षको जेल सजाय काटिरहेकी छिन् । उनले बगरामको जेलमा एक एफबीआई अधिकारीलाई मार्ने कोसिस गरेको बताइन्छ । यसपछि उनलाई अमेरिका निर्वासनमा पठाइएको थियो ।

आफिया एक सोशल अभियन्ता पनि हुन् । उनी परोपकारी संस्थानसँग पनि जोडिएको र उनले केन्यामा रहेको अमेरिकी दूतावासमा आक्रमण गरेको आरोप समेत उनीमाथि छ । वल्र्ड ट्रेड सेन्टरमा हमलापछि एफबीआईले २००२ को मे महिनामा आफिया र उसका पति अमजद खानसँग लामो सोधपुछसमेत गरेको थियो ।भाइमाथि पनि लागेको थियो आरोप

केही रिपोर्टका अनुसार यो हमला आफिया सिद्दिकीका भाइ मोहम्मद सिद्दिकीले गरेका थिए । यद्यपि हमलापछि मोहम्मद सिद्दिकीले यो आरोपको खण्डन गरेका थिए । तर यसरी नाम जोडिदा आपूm खुसी नभएको समेत उनले बतएका छन् ।

यहुदी मन्दिरलाई लिएर इजरायल सतर्क

अमेरिकामा इजरायली अधिकारी लिभिया लिंकले पनि यो घटनाको बारेमा बयान दिएका छन् । लिभियाले भनेका छन्,‘ मेरो मन र मेरो प्रार्थना आज यहूदी समुदायको साथमा छ । हामी लगातार घटनाको अपडेट लिइरहेका छौ । इजरायलका विदेश मन्त्री यायर लापिडलाई पनि अवस्थाको बारेमा जानकारी छ ।’एजेन्सी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap