अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश


लेखक : सुन्दराञ्चल      बैशाख २०, २०७९ मा प्रकाशित     
अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश

२० वैशाख, काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् ।

चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अभिनेता खड्काले लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई सघाउने निर्णयअनुसार पार्टी प्रवेश गरेको बताए । यसअघि भुवन स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयरमा उम्मेदवार बन्ने चर्चा थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको पहलमा भुवन, श्वेता र आफू कांग्रेस प्रवेश गरेको खड्काले बताए ।
२०७० सालको संविधानसभा चुनावमा भुवन एमाले प्रवेश गरेका थिए । त्यसबेला उम्मेदवार बन्न टिकट पाए पनि पार्टीभित्रैबाट विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए । रावत श्वेताका पति समेत हुन् । उनी पनि कांग्रेस प्रवेश गरेको जनाइएको छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap