काठमाडौँ,१३ साउन । सरकारले गरेका कामबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवाले भाइबर ग्रुप बनाएका छन् । देउवाले आफ्नो फेसबुकमा शेयर गर्दै मसँग भाइबरमा जोडिनुस लेखेका छन् ।
‘मसँग भाइरबरमा जोडिनुस्,’ देउवाको फेसबुकमा लेखिएको छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुस् ।’