अब राजपत्र सुदूरपश्चिममै छापिने


लेखक : सुन्दराञ्चल      भदौ ८, २०७८ मा प्रकाशित     
अब राजपत्र सुदूरपश्चिममै छापिने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेशिन जडान गरी मंगलबारदेखि राजपत्र छाप्ने काम सुुरु गरेको हो।

प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मेशिनको पुजापाठ गरी उद्धघाट गरेकी छिन्। सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता रहेको बताइन्। ‘प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ’ उनले भनिन्, ‘मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णयहरु छपाई गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो।’

काठमाडौंको मुद्रणले राजपत्र छपाईमा ढिलाई गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको मन्त्री जोशीले बताइन्। उनका अनुसार प्रदेश सरकारका दर्जनौ कागजपत्र मुद्रण विभागमा महिनौदेखि छपाईका क्रममा रहका छन्। ‘अब प्रदेशमै मेशिन आइसकेको छ। प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिने छ’ उनले भनिन्।

प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसंगै प्रदेश सरकारलाई सहज हुने विश्वस गरिएको छ। मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेशिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए। ‘आर्थिक वर्षको अन्त्यमै मेशिन प्रदेश सरकारले खरिद गरेपनि जडान गर्न ढिलाई भएकाले सञ्चालन गर्न सकिएको थिएन’ उनले भने।

उक्त मेसिन २७ लाख ८० हजारमा खरिद गरिएको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap