अब दूरदराजका गाउँ(गाउँमा पनि ‘क्रिकेट क्रेज’


लेखक : सुन्दराञ्चल      बैशाख ५, २०८१ मा प्रकाशित     
अब दूरदराजका गाउँ(गाउँमा  पनि ‘क्रिकेट क्रेज’

बझाङ-बैशाख ०५ भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) को सरगर्मी सुदूर पहाडका दूरदराज गाउँमा पनि ह्वात्तै बढेको छ। परम्परागत खेलिने खेल बिस्तारै ओझेलमा पर्दै गएपछि सहरतिर खेलिने फुटबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टन लगायत खेलप्रति बालबालिका आकर्षित देखिन थालेका हुन्।

सुशील जोशी दुर्गा महालिङ माविमा सात कक्षामा अध्ययन गर्छन्। ११ वर्षीय सशील गाउँमा दुई वर्षदेखि क्रिकेट खेलिरहेका छन्। उनी भारतीय क्रिकेट स्टार विराट कोहलीको खेलबाट प्रभावित भएको बताउँछन्। कोहलीको खेल कुन दिन, कुन समूहसँग हुन्छ भन्ने उनलाई प्रायः थाहा भइरहन्छ।

फुर्सद भयो कि सुशीलसहित मेखराज, सुवास, टङ्क, खेमराज, सायदको टोली खुला चौरमा क्रिकेट खेल्न जान्छन्। खेल खेल्दै गर्दा आफूलाई क्रिकेटका वादशाह धोनी, कोहली, रोहित शर्मा लगायत नेपाली क्रिकेटका नाममा आफूलाई चिनाउँछन्।

खप्तडछान्ना–५ पिठातोलाको सुकिला ढङ्गमा खुला चौर हुँदा हरेक साँझ बालबालिका जम्मा भएर क्रिकेट खेल्छन्। क्रिकेटका सबै नियम थाहा पाएका बालबालिका आफैँले बनाएको काठको ब्याड र कपडाको बलले क्रिकेट खेल्ने गरेको सुवास जोशीले बताए।

पिठातोलामा बालबालिकाले क्रिकेट खेल्न थालेको धेरै भएको छैन। भरत खत्रीले भने, ‘हाम्रो पालामा पुरानै खेलहरू खेलिन्थे। अहिले गाउँघरमा सबैका हालमा मोबाइल फोनहरू छन्। नेटवर्कले राम्रै काम गर्छ। इन्टरनेट पनि फोरजी चल्न थाल्यो। बालबालिका मोबाइलमै झुम्मिन थाले। सदरमुकाम चैनपुर, प्रदेश राजधानी धनगढीसम्म पनि आवतजावत हुन थाल्यो। त्यो ठाउँमा देखे। गाउँमा पनि खेल्न थाले।’

खत्रीका अनुसार खप्तडछान्नामै पिठातोला धेरै पछाडि परेको गाउँ हो। ‘अन्य ठाउँभन्दा पछाडि पिठातोला छ। त्यही ठाउँमा पनि क्रिकेटलाई माया गर्न नयाँ पुस्ता देखिएका छन्। अहिले हेर्दा त नयाँ पुस्ताको मन मस्तिष्कमै क्रिकेट देखिन्छ’, उनले भने।

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap